७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

संविधान दिवसबारे मधेसी दल विभाजित, सीके राउत चुपचाप

संविधान दिवसबारे मधेसी दल विभाजित, सीके राउत चुपचाप
अ+ अ-

काठमाडौं । संविधान दिवस मान्ने कि नमान्ने भन्नेमा तराई/मधेसकेन्द्रित दल विभाजित छन् । समाजवादी, राजपा र सीके राउत नेतृत्वको दलबीच यसबारे मतैक्य छैन । राजपाको अध्यक्षमण्डल बैठकले हालै असोज ३ लाई कालो दिनका रूपमा मनाउन देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । दोस्रो संविधानसभाले २०७२ असोजमा नयाँ संविधान जारी गर्दा मधेसकेन्द्रित दल आन्दोलनमा थिए । संविधान संशोधन नभएसम्म विरोध कार्यक्रम जारी रहने राजपा संयोजक राजकिशोर यादवले बताए । ‘यो संविधान हाम्रो अधिकार कटौती गरी ल्याइएको छ’, उनले भने, ‘हामीले यसलाई पूर्णरूपमा स्वीकार गरेका छैनौं ।’

समाजवादीको धारणा भने फरक छ । वरिष्ठ नेता अशोक राईका अनुसार संविधान दिवसमा सहभागी नहुने तर विरोध प्रदर्शन पनि नगर्ने रणनीति पार्टीले बनाएको छ । ‘संविधान संशोधनको एजेन्डामा हामी अडिग छौं’, उनले भने, ‘संविधान संशोधन पार्टीको एजेन्डा भएकाले संविधान दिवसमा हामी सहभागी हुँदैनौं ।’

कार्यकारी अध्यक्ष उपेन्द्र यादव उपप्रधानी तथा स्वास्थ्यमन्त्री छन् । संविधान संशोधनको एजेन्डामा नेकपासँग दुईबुँदे सहमति गरी उनी डेढ वर्षअघि सरकारमा सहभागी भएका थिए । समाजवादीका अर्का नेता लालबाबु राउत प्रदेश २ का मुख्यमन्त्री छन् ।

तेस्रो मधेस आन्दोलनपछिको निर्वाचनमा यी दल संविधान संशोधनको एजेन्डा लिएर सहभागी भएका थिए । त्यसपछि प्रदेश २ मा राजपा र समाजावादीले संयुक्त सरकार बनाए पनि केन्द्रमा यी दुई घटक विभाजित देखिए । यादव सरकारमा सहभागी भए पनि महन्थ ठाकुर र राजेन्द्र महतोसहितका राजपा नेता बाहिर छन् ।

एक वर्षअघि पनि यी दलबीच संविधान दिवसलाई लिएर मतभेद देखिएको थियो । राजपाले संविधान दिवसलाई कालो दिनका रूपमा मनाउने निर्णय गरेपछि समाजवादी अप्ठ्यारोमा परेको थियो । समाजवादीको प्रदेश २ समितिले केन्द्रलाई बेवास्ता गर्दै कालो दिवसका रूपमा मनाउन स्थानीय नेता÷कार्यकर्तालाई निर्देशन दिएको थियो । केन्द्रले भने त्यसको खण्डन गरेको थियो । त्यही कारण पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री यादव र प्रदेश २ का तत्कालीन संयोजक रेणु यादवबीच मनमुटाव भएको थियो ।

प्रदेश २ मा राजपा र तत्कालीन फोरम दुवैले विरोध प्रदर्शन गरे पनि प्रदेश मौन बसेको थियो । यसपटक प्रदेश २ सरकारले संविधान दिवस मनाउने निर्णय गरेको छ । यो निर्णयपछि राजपाका मन्त्रीले असन्तुष्टि जनाएका छन् । राजपा प्रदेश २ का संसदीय दलका नेता तथा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश सरकारले संविधान दिवस मनाउन गरेको निर्णयबारे असन्तुष्टि पोखेका छन् । यो निर्णयबारे आफू जानकार नभएको दाबी उनले गरेका छन् ।

मौन राउत

सीके राउतले विगतमा सरकार र काठमाडौंकेन्द्रित भएको भनी मधेसवादी दलको चर्को आलोचना गरेका थिए । उनी यसपटक संविधान दिवसलाई लिएर मौन देखिएका छन् । उनी नेतृत्वको जनमत पार्टीको पहिलो बैठकले मंसिरसम्मका लागि ल्याएको क्यालेन्डरमा संविधान दिवसबारे केही उल्लेख छैन । राउत फागुन २३ गते सरकारसँग सम्झौता गरी मूलधारको राजनीति आएका हुन् । उनी पार्टी संगठन विस्तारमा लागेका छन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।