७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

क्यान निर्वाचनमा अन्योल थपिँदै

क्यान निर्वाचनमा अन्योल थपिँदै
अ+ अ-

काठमाडौँ । निम्बलनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) को निकास प्रक्रिया लम्बिने देखिएको छ । साढे तीन वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट निलम्बित नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यानले निर्धारित तालिकाअनुसार काठमाडौंमा असोज ३ र ४ मा साधारणसभामार्फत नयाँ नेतृत्व पाउँदै थियो ।

क्रिकेटमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष निर्वाचन गर्न नसकेको भनी आईसीसीले २०७३ साल वैशाखदेखि क्यानलाई निलम्बन गरेको छ । नेपाली क्रिकेटलाई नयाँ ढंगले ब्युँत्याउने क्रममा आईसीसीले सल्लाहकार समिति र स्वतन्त्र समितिबाट नयाँ विधानमार्फत क्यानको निर्वाचन प्रकृया अगाडि बढाएको थियो, जसअनुसार अर्कोशनिबार क्यानको निर्वाचन हुने कार्यक्रम थियो ।

स्वतन्त्र समितिमा तत्कालीन क्यानबाट ठाकुरप्रताप थापा, राष्ट्रिय खेलुकद परिषद् र खेलकुद मन्त्रालयको तर्फबाट एलबी क्षेत्री प्रतिनिधि रहेका थिए । अन्य तीन सदस्य आईसीसीका थिए । स्वतन्त्र समितिले बुधबार एक राष्ट्रिय दैनिकमा असोज ३ र ४ मा साधारण सभामार्फत निर्वाचन गर्ने सूचना प्रकासित गरेको थियो । त्यसमा परिषद्ले ध्यानाकर्षण भएको जनाएपछि क्यानको निर्वाचन प्रक्रिया अन्योल बनेको छ ।

‘सूचना निकालेपछि परिषद्ले छलफलमा बोलाएको थियो । राखेपले मुख्य गरी तीन विषयमा असहमति राखेको छ । त्यसमा परिषद्को सहमति नलिई निर्वाचन गर्न सक्नु हुन्न, निर्वाचन समिति राखपेको हुनुपर्छ र निर्वाचनका लागि २१ दिने सूचना चाहिने भनेको छ,’ स्वतन्त्र समितिका कानुनी सल्लाहकार राजेश्वर श्रेष्ठले भने, ‘निर्वाचनका लागि सहमति लिन समस्या छैन । प्रदेश निर्वाचन सकिएको ३० दिनभित्र केन्द्रको सक्नुपर्छ भन्ने व्यवस्था छ । तर निर्वाचन समिति परिषद्को हुनेमा ठाडै अस्विकार छ, त्यो विधानविपरीत हुन्छ । विधानमा ७ दिने सूचना निकालेर साधारणसभा गर्न सकिने स्पष्ट छ । २१ दिने गर्दा दसैं बीचमा पर्छ ।’

उनले पछिल्लो स्थितिबारे आईसीसीलाई रिपोर्टिङ गएको बताए । अक्टोबर १३ मा हुने आईसीसी बैठकलक्षित गर्दै जतिसक्दो क्यानको निर्वाचन गर्ने पक्षमा स्वतन्त्र समिति रहेको श्रेष्ठको भनाइ थियो । उनले साधारणसभा र निर्वाचनका लागि परिषद्को स्वीकृति नलिइएको प्रस्ट्याए । ‘जिल्ला र प्रदेशको निर्वाचनलाई पनि स्वीकृति लिनुपर्थ्यो भन्ने दाबी अहिले आएर आएको छ । ४ महिनामा केही भनिएन, अहिले केन्द्रको निर्वाचनको विषय आएको छ,’ श्रेष्ठले कान्तिपुरसँग भने, ‘संक्रमणकालीन अवस्था हो अहिले । नियमित अवस्था हो भने राखेपले नै निर्वाचन समिति तोक्ने हो ।’

क्यानको निर्वाचन भने पनि आफूहरूसँग कुनै सर–सल्लाह नगरेको परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बताए । ‘केहीअघि आईसीसीले मसँग कुरा गरेको थियो । स्वतन्त्र समिति भनेको जे पायो त्यही गर्न होइन । त्यो समितिको सीमितता छ । कुनै पनि खेलकुद संघको राष्ट्रिय अधिवेशन गर्दा परिषद्बाट स्वीकृति लिनुपर्छ । त्यो लिइएको छैन । दोस्रो भनेको निर्वाचन समिति परिषदले बनाइदिनुपर्छ । यो बनाउनेक्रममा स्वतन्त्र समितिलाई राखिदिउँला म,’ सिलवालले आक्रोश पोखे, ‘खेलकुदको सर्वोच्च निकायबिना कसरी चुनाव हुन्छ ? स्वतन्त्र समितिले गरेर मात्र हुँदैन । पत्रिकामा सूचना छापेपछि हामीले थाहा पाउने हो र ?’

उनले अगाडि भने, ‘अहिलेको स्थिति लिएर आईसीसीले म्यासेज पठाएको छ, फुर्सद हुनेबित्तिकै सम्पर्क गर्नेछु । स्वतन्त्र समिति भनेर जे मनलाग्यो त्यही गर्न पाइँदैन । त्यो उसको धर्म भएन । हामीले स्वतन्त्र समितिका वकिल बोलाएर यस विषयमा जानकारी गराएका छौं । परिषद्ले स्वीकृति नदिई क्यान निर्वाचनले कसरी मान्यता पाउँछ र । उनीहरूले प्रस्तावित गरेपछि हामीले स्वीकृति दिने हो, नत्र त यहाँ अराजकताको केन्द्र हुन्छ । १ सय ५६ संघ छन्, जसले जे पनि गर्ने हो भने खेलकुद परिषद् नै चाहिँदैन ।’

जिल्ला अध्यक्षहरू निर्वाचन रोक्नु क्यानको हितमा नहुने बताउँछन् । ‘निर्वाचन हुने कुराले जिल्लामा खुसी छाएको थियो । तर नयाँ स्थितिले फेरि अन्योल बनाएको छ,’ महोत्तरी जिल्ला क्रिकेट संघका अध्यक्ष रोशन सिंहले भने । प्रकृयाको बाधक कोही हुन नहुने दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैंया बताउँछन् ।

लामो समयको प्रकृयागत प्रयासपछि क्यानको निलम्बन फुकुवा गर्ने स्थितिमा अगाडि बढ्दा निर्वाचन रोकिए त्यसमा आफ्नो विरोध हुने उनले बताए । ‘क्रिकेटको दीर्घकालीन समस्याको निकास निकाल्ने समयमा सबै पक्षले सकारात्मक योगदान गर्नुपर्नेमा पुनः विवादित क्रियाकलाप गरेर क्रिकेट निकासको बाटो नरोक्न हामी सबैपक्षलाई सचेत गर्दछौं,’ मजगैंयाले भने ।

स्वतन्त्र समितिका कानुनी सल्लाहकार श्रेष्ठ तोकिएको समयमै क्यान निर्वाचन हुनसक्ने दाबी गर्छन् । ‘बढीमा एक सातासम्म क्यान निर्वाचन सर्नसक्छ । त्यसपछि भयो भने दसैं पर्छ । अझ पछाडि धकेलियो भने अक्टोबर १३ लाई लक्षित समय र प्रदेश निर्वाचनको एक महिनापछि साधारणसभाको समय पनि गुमाउँछौं ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।