७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

यूटीएलको ठेक्का जोगाउन प्रधानमन्त्री कार्यालयले सर्वोच्चलाई ढाँट्यो

यूटीएलको ठेक्का जोगाउन प्रधानमन्त्री कार्यालयले सर्वोच्चलाई ढाँट्यो
अ+ अ-

काठमाडौँ । यूटीएलको अप्टिकल फाइबर बिछ्याउने ठेक्का रद्द गर्ने मन्त्रिपरिषद् निर्णय भए पनि ‘यसबारे कुनै पनि निर्णय नभएको’ भनी प्रधानमन्त्री कार्यालयले सर्वोच्चलाई ढाँटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यूटीएललाई २०७४ वैशाख २५ गते प्रदेश ४ र ५ मा अप्टिकल फाइबर बिछ्याउने ठेक्का सम्झौता गरेको थियो ।

दुई वर्षभित्र सक्नुपर्ने काम सुरु नै नगरेपछि उसँगको सम्झौता रद्द गरी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडसँग सम्झौता गर्ने निर्णय भएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सार्वजनिक गरेका थिए ।

उक्त निर्णय कार्यान्वयन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरणमा पुगेको छैन । सर्वोच्च अदालतलाई गत साउन २१ गते पत्राचार गर्दै यसबारे कुनै पनि निर्णय नभएको भनी उत्तर पठाएको हो । यूटीएलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठकी पत्नी तथा नेकपाकी सांसद जुलीकुमारी महतोको २० प्रतिशत सेयर छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले हरेक बिहीबार आयोजना गर्ने पत्रकार सम्मेलनमार्फत फागुन ९ गते यूटीएलको ठेक्का सम्झौता खारेज गर्ने निर्णय सार्वजनिक गरेका थिए । सरकारले हरेक साता आफूले गरेको निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै आएको छ ।

सरकारका प्रवक्ता बाँस्कोटाले फागुन ९ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको मन्त्रिपरिषद्को निर्णय सूचीको १९ औं नम्बरमा भनिएको छ, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत प्रदेश ४ र ५ मा जिल्ला तहमा अप्टिकल फाइबर निर्माण र अप्टिकल नेटवर्क लिज कनेक्टिभिटी सेवासम्बन्धी भएको करण सम्झौता रद्द गरी नेपाल दूरसञ्चार कम्पनीसँग उक्त कार्य गर्नका लागि नयाँ सम्झौता गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको छ ।’

मन्त्रिपरिषद्ले यूटीएलसँगको ठेक्का सम्झौता खारेज गरी नयाँ सम्झौता गर्न प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको ६ महिना बिते पनि हालसम्म कुनै जानकारी नआएको प्राधिकरणले पुष्टि गरेको छ । ‘यूटीएलसँगको ठेक्का सम्झौता रद्द गर्ने र उक्त ठेक्का दूरसञ्चार कम्पनी लिमिटेडसँग सम्झौता गर्ने विषयमा हालसम्म कुनै पत्र प्राप्त भएको छैन,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने ।

मन्त्रिपरिषद् गरेको निर्णय नपुगेको भए पनि प्राधिकरणले आफैंले नियमित तरिकाले गत वैशाख २४ गते यूटीएलसँगको ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरिसकेको छ । मन्त्रिपरिषद्को निर्णयमा भनिएअनुसार यूटीएलसँग रद्द भएको ठेक्का दूरसञ्चार कम्पनी लिमिटेडलाई दिइएको भने छैन । आफ्नो २ अर्बको ठेक्का खारेजीको निर्णय गरेपछि यूटीएल सर्वोच्च अदालत पुगेको थियो ।

यूटीएलले मुद्दा दायर गरेको रिटमा सर्वोच्चले प्रधानमन्त्री कार्यालयलाई ‘यसबारे के भएको हो रु’ भनी सूचना माग गरेको थियो । त्यसको प्रत्युत्तरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यूटीएलबारे कुनै निर्णय नभएको पत्र पठाएको हो ।

अदालतले साउन ४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्र लेख्दै मन्त्रिपरिषद्ले गरेको प्रतिलिपि माग गरेको थियो । उक्त पत्रको जवाफ दिँदै प्रधानमन्त्री कार्यालयले फागुन ६ गते यूटीएलसम्बन्धी कुनै निर्णय नभएको जनाएको छ ।

प्राधिकरणले दुई वर्षमा काम सक्ने सर्तसहित अप्टिकल फाइबर बिछ्याउन यूटीएलसँग २ अर्ब १ करोडको ठेक्का सम्झौता गरेको थियो । प्राधिकरण र यूटीएलबीच २०७४ वैशाख २५ गते ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताको २ वर्षमा पनि यूटीएलले काम नै सुरु नगरेपछि ठेक्का तोडिएको हो ।

केही काम नगरे पनि यूटीएलले प्राधिकरणबाट पेस्कीबापत ४० करोड २० लाख रुपैयाँ लिइसकेको छ । ठेक्का रद्द, सर्वोच्चमा मुद्दालगायत विषयमा बुझ्दा सांसद महतोले आफूलाई केही जानकारी नभएको बताइन् । ‘मलाई यसबारे केही थाहा छैन,’ उनले भनिन्, ‘मेरोभन्दा बढी सेयर अरूको भएकाले मलाई कम्पनीबारे थाहा हुँदैन ।’

यूटीएललाई ठेक्का दिने बेलामा समेत विवाद भएको थियो । २०७३ असोजमा प्राधिकरणले ४ र ५ प्रदेशका सबै जिल्ला सदरमुकाम छुने गरी अप्टिकल फाइबर बिछ्याउन बोलपत्र आह्वान गरेको थियो । उक्त प्रक्रियामा भाग लिने कम्पनीको प्राधिकरणसँग बक्यौता बाँकी नरहेको र लगातार तीन वर्ष नाफामा भएको हुनुपर्ने व्यवस्था गरिएको थियो । त्यस बेला यूटीएलको कारोबार करिब शून्य अवस्थामा थियो ।

प्राधिकरणलाई बक्यौता बुझाउन बाँकी थियो । बोलपत्र आह्वान गरिएको केही दिनमै यूटीएलले पनि ठेक्का प्रक्रियामा भाग लिने पाउने गरी उल्लेखित सर्त संशोधन गरियो । सूचना तथा सञ्चार मन्त्रालयका पूर्वसहसचिव सूर्यप्रसाद राउत नेतृत्वमा गठित छानबिन समितिले तयार पारेको प्राधिकरण समग्र अवस्थाबारे तयार पारेको प्रतिवेदनमा पनि पनि यूटीएललाई ठेक्का दिँदा प्रक्रिया मिचिएको उल्लेख छ ।

गोरखाको आरुघाटदेखि बागलुङको बुर्तीबाङसम्म २१ जिल्ला सदरमुकाम छुने गरी अप्टिकल फाइबर बिछ्याउन यूटीएलसँग प्राधिकरणले सम्झौता गरेको थियो । ठेक्का सम्झौताअनुसार यूटीएलले १ हजार ४ सय ८२ किलोमिटर भूमिगत र ६ सय ३६ किलोमिटर एडीएसएस गरी कुल २ हजार १ सय १७ किलोमिटर अप्टिकल फाइबर बिछ्याउनुपर्ने थियो ।

प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषमा जम्मा भएको रकम परिचालन गरी सबै जिल्ला सदरमुकाम जोड्ने गरी अप्टिकल फाइबर बिछ्याउने योजना अघि सारेको थियो । प्राधिकरणले यो कामलाई तीन खण्डमा विभाजन गरी छुट्टाछुट्टै ठेक्का सम्झौता गरेको थियो । प्रदेश १ देखि ३ सम्मको सबै जिल्ला सदरमुकाम छुने गरी अप्टिकल फाइबर बिछ्याउने काम नेपाल टेलिकमले पाएको छ । ५ अर्ब बराबरको यो ठेक्का टेलिकमलाई बिनाप्रतिस्पर्धा दिइएको हो । प्रदेश ५ र ६ मा अप्टिकल फाइबर बिछ्याउने जिम्मा भने स्मार्ट टेलिकमले पाएको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री कार्यालयले पठाएको पत्रबारे आफूलाई जानकारी नभएको तर यूटीएलले काम नगरेका कारण दूरसञ्चार प्राधिकरणले उसको ठेक्का रद्द गरिसकेको बताए । ‘काम नगर्नेको ठेक्का रद्द गर्न मन्त्रिपरषद्को निर्णय चाहिदैन,’ उनले भने, ‘प्राधिकरणले ठेक्का रद्द गरेपछि यूटीएल अदालत गएको छ ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।