२८ श्रावण २०८३, बिहीबार
,
Latest
रोल्पा पहिरोमा ठूलो मानवीय क्षति, सरकारलाई गम्भीर बन्न रास्वपाको आग्रह ‘कर्जा प्रवाह मध्ये ८० प्रतिशत सवारी साधन र २० प्रतिशत मोबाइलमा’ सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर अटो बीमा दाबीमा समस्या होइन, प्रक्रियाबारे बुझाइको कमी हो : एनएलजी इन्स्योरेन्सका सीईओ पन्त राष्ट्र बैंक निर्देशक सुवेदी : ईभीमा ८० र आईसी गाडीमा ६० प्रतिशत एलटीभी कायम आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ: अर्थमन्त्री डा.स्वर्णिम वाग्ले हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे… कृषि समितिमा सत्तारुढ दलकै सांसदले खोजे मन्त्री, समितिलाई हलुका नबनाउन सुझाव ‘एयर सेफ्टी लिस्ट’बाट हट्न सरकार प्रयत्नशीलः मन्त्री पौडेल राेल्पा पहिराेः मृत्यु हुनेकाे सङ्ख्या सात पुग्यो, पाँच अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई यात्रीको क्षतिपूर्ति १ लाख डलर पुर्‍याउने प्रश्तावसहितको विधेयकमाथि राष्ट्रिय सभामा छलफल



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रश्तुत गर्नुभएको प्रश्ताव सभाले स्वीकृत गरेसँगै दफावार छलफलको प्रक्रिया अगाडि बढेको हो ।

विधेयकमाथि भएको छलफलमा भाग लिँदै सांसदहरूले हवाई सुरक्षा, यात्रीको हकहित र क्षतिपूर्तिको विषयमा आ–आफ्नो धारणा राख्नुभयो । छलफलमा सहभागी सांसद सोनम गेल्जेन शेर्पाले दुर्घटनामा ज्यान गुमाउनेका परिवारले पाउने क्षतिपूर्ति २० हजार अमेरिकी डलरबाट वृद्धि गरी १ लाख डलर पुर्याउने प्रश्ताव सकारात्मक रहेको बताउनु भयो । यद्यपि, उहाँले आकाशमा हुने ‘ट्राफिक जाम’ र विमान ‘होल्ड’ हुने समस्याले गर्दा यात्रीले भोग्नुपर्ने सास्तीप्रति सरकारको जवाफदेहिता पनि विधेयकमा स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद गीता देवकोटाले विधेयक केवल दुर्घटना पछिको क्षतिपूर्ति वितरणमा मात्र केन्द्रित भएको टिप्पणी गर्नुभयो । उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को नियामक र सेवा प्रदायकको दोहोरो भूमिकाले ‘स्वार्थको द्वन्द्व’ सिर्जना गरेको उल्लेख गर्दै यसलाई नसुधारेसम्म हवाई सुरक्षामा सुधार नहुने तर्क गर्नुभयो । देवकोटाले खराब मौसमको बहानामा विमान कम्पनीहरू दायित्वबाट उम्किन सक्ने छिद्रहरू विधेयकमा रहेको र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अमेरिकी डलरको सट्टा ‘एसडीआर’ मापदण्ड अपनाउनुपर्ने सुझाव दिनुभयो ।

अर्का सांसद प्रेमप्रसाद दंगालले हवाई क्षेत्रको विस्तारसँगै सुरक्षा र सेवाको गुणस्तर मुख्य चुनौती बनेको बताउनु भयो । उहाँले उडान ढिलाइ वा रद्ध हुँदा यात्रीले पाउने सुविधा र क्षतिपूर्तिको व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने माग गर्नुभयो । साथै, इन्धनको मूल्य अनुसार स्वचालित भाडा प्रणाली लागू गर्न र दुर्गम क्षेत्रमा उडान गर्ने कम्पनीहरूलाई प्रोत्साहन र अनुदानको व्यवस्था गर्न उहाँले सरकारलाई आग्रह गर्नुभयो ।

विधेयकलाई थप परिमार्जन गर्न र दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाउन सांसदहरूले सुझाव दिएका छन् । उक्त विधेयकले आन्तरिक वायुसेवालाई थप जिम्मेवार, सुरक्षित र भरपर्दो बनाउने लक्ष्य राखेको छ । –