२८ श्रावण २०८३, बिहीबार
,
Latest
सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर अटो बीमा दाबीमा समस्या होइन, प्रक्रियाबारे बुझाइको कमी हो : एनएलजी इन्स्योरेन्सका सीईओ पन्त राष्ट्र बैंक निर्देशक सुवेदी : ईभीमा ८० र आईसी गाडीमा ६० प्रतिशत एलटीभी कायम आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ: अर्थमन्त्री डा.स्वर्णिम वाग्ले हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे… कृषि समितिमा सत्तारुढ दलकै सांसदले खोजे मन्त्री, समितिलाई हलुका नबनाउन सुझाव ‘एयर सेफ्टी लिस्ट’बाट हट्न सरकार प्रयत्नशीलः मन्त्री पौडेल राेल्पा पहिराेः मृत्यु हुनेकाे सङ्ख्या सात पुग्यो, पाँच अझै बेपत्ता बडीमालिका-रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न माग नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम शुरु



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय सभामा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम शुरु भएको छ ।

बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहनुभएको छ ।

यसअघि प्रतिनिधि सभामा आयोजित प्रश्नोत्तर कार्यक्रमका क्रममा प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलहरूले कडा विरोध जनाउँदै आएका छन् ।

उक्त विवादका कारण केही समयदेखि संसद्मा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम प्रभावित बनेको छ । राष्ट्रिय सभामा भने प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँको प्रतिनिधित्व गर्दै कानूनमन्त्री गौतमले सदनमा जवाफ प्रश्तुत गर्नुभएको हो ।