७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

‘विश्वविद्यालयमा दलीय भागवण्डा रोकौं’

‘विश्वविद्यालयमा दलीय भागवण्डा रोकौं’
अ+ अ-

काठमाडौं । राजनीतिक भागवण्डाको आधारमा विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्ति नगर्न पूर्व शिक्षामन्त्रीहरुले जोड दिएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिवि समितिले ‘विश्वविद्यालय र दलीय भागवण्डा’ विषयमा आयोजना गरेको सार्वजनिक बहस कार्यक्रम बोल्दै पूर्व शिक्षामन्त्रीहरुले प्राज्ञिक थलोमा राजनीतिक भागवण्डा संस्कार अन्त्य गरिनुपर्ने बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित बहसमा पूर्व शिक्षामन्त्री एवं नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले दलीय भागवण्डाको आधारमा पदाधिकारी नियुक्त गर्ने परम्पराले शिक्षा क्षेत्र तहननहस भएको बताउँदै यो परम्पराको अन्त्य अपरिहार्य भइसकेको बताए ।

केसीले दलीय भागवण्डाको परम्परा बसाल्नमा आफ्नो दल नेपाली कांग्रेसको पनि उत्तिकै भूमिका रहेको बताउँदै आफू शिक्षा मन्त्री हुँदा यसको विरुद्ध आवाज उठाउँदा पनि रोक्न नसकेको अनुभव सुनाए । “म मन्त्री हुँदा आफ्नै पार्टी समर्थित शिक्षक संघ बन्द गराउन आवाज उठाएँ । तर यो कुरालाई पार्टीभित्र संस्थागत गर्न सकिनँ,” केसीले भने । उनले दलीय भागवण्डाको संस्कृति रोक्न ठूलै दबाब सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताउँदै यसमा विद्यार्थी संगठनहरुलाई एकजुट भएर लाग्न आग्रह गरे ।
“विश्वविद्यालयहरुमा राजनीतिक भागवण्डाको अन्त्य गर्न विद्यार्थी संगठनहरु सडकमै ओर्लिन पनि तयार हुनुपर्छ । परेको खण्डमा म पनि सडकमा आउन तयार छु,” केसीले भने । उनले राजनीतिक आस्था जे जस्तो भएपनि विश्वविद्यालयको नेतृत्वमा पुगिसकेपछि दलीय आस्थालाई बिर्सन सक्नुपर्ने पनि बताए ।
अर्का पूर्व शिक्षामन्त्री एवं नेकपाका राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले विश्वविद्यालयहरुमा हुने पदाधिकारी नियुक्ति गर्दा दलीय भागवण्डा रोक्न आफूले चाहेर पनि नसकेको बताए । तर यो परम्पराको अन्त्य गर्न यतिबेला सुनौलो अवसर रहेको बताउँदै यसका लागि निरन्तर दबाब र पहल गर्नुपर्ने बताए । “म मन्त्री हुँदा काठमाडौं विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा दललाई हावि हुन दिइनँ, त्यसको लागि मैले आफ्नो दलभित्र ठूलै दबाब झेल्नुप¥यो,” उनले भने ।
शर्माले विश्वविद्यालयमा पदाधिकारी नियुक्तिका लागि प्राज्ञिक व्यक्तित्वहरुको रोष्टर तयार पार्नुपर्ने र त्यही रोष्टरका आधारमा योग्यता, क्षमता र अनुभवको आधारमा क्रमैसँग नियुक्त गर्नुपर्ने सुझाव दिए ।
अर्थ–राजनीतिक विश्लेषक एवं पूर्व सांसद हरि रोकाले विश्वविद्यालयहरुको अवस्था जर्जर हुनुको पछाडि विद्यार्थी संगठनहरुको पनि हात रहेको बताउँदै यसलाई अब विद्यार्थी संगठनहरुले नै रोक्नुपर्ने बताए । शिक्षाको महत्व दर्शाउँदै रोकाले नेपालमा सरकारी शिक्षालय ध्वस्त बनाएर निजी शिक्षालयलाई पोस्ने नीति अंगीकार गरिनु दुर्भाग्यपूर्ण भएको बताए ।
नेपाली कांग्रेसका युवा नेता एवं नेविसंघका निवर्तमान महामन्त्री कुन्दन काफ्लेले शिक्षा क्षेत्र सुधारमा शिक्षा कानुनमै सुधार गर्नुपर्ने आवश्यकता औंल्याए । उनले २०२८ को शिक्षा ऐन प्रतिस्थापन गरी नयाँ ढंगले अघि बढ्नुपर्ने बताए । विश्वविद्यालहरुमा पदाधिकारी नियुिक्तका लागि व्यक्ति छनोट गर्न स्वतन्त्र र निष्पक्ष आयोग गठन गर्न काफ्लेले सरकारलाई सुझाव दिए ।
नेविसंघका पूर्व सहमहामन्त्री बलदेव तिमिल्सिनाले दलीय भागवण्डा रोक्ने मुद्दालाई अभियानको रुपमा अघि बढाउनुपर्नेमा जोड दिए । त्यस्तै नेविसंघ नेता नवराज त्रिपाठीले विश्वविद्यालयमा दल र दलको झन्डा चिनेको मान्छे नभई शिक्षा बुझेको प्राज्ञिक व्यक्तित्वलाई नेतृत्व सुम्पनुपर्ने बताए ।, समाचार कारोबार दैनिकमा प्रकाशित छ ।