२८ श्रावण २०८३, बिहीबार
,
Latest
स्वदेश फर्किए पूर्वप्रधानमन्त्री देउवा,विमानस्थलमा कार्यकर्ताको भीड सिंहदरबारमा खाद्य व्यवस्था कम्पनीको सुलभ मूल्य बिक्री कक्ष सञ्चालन महाकाली करिडोरः डेढ दशकमा छ किलोमिटर कालोपत्र झापाको कनकाईका थप १३ परिवारले पाए जग्गाधनी पुर्जा यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गरिनु प्रेस स्वतन्त्रताविपरीत : नेपाल मिडिया सोसाइटी ‘नेपालको परराष्ट्र नीतिमा राष्ट्रिय सहमति र आन्तरिक सबलीकरण अनिवार्य’–पूर्वमुख्यसचिवहरू परराष्ट्र नीतिमा साझा दृष्टिकोण र राजदुत नियुक्तिमा विज्ञता आवश्यकः पूर्वमन्त्री पाण्डे राष्ट्रिय स्वार्थ रक्षाका लागि कुटनीतिक मर्यादाभन्दा नतिजा मुख्य हुन्छः डा. प्रकाशशरण महत परराष्ट्र नीति दलीय स्वार्थभन्दा माथि र परिणाममुखी हुनुपर्छः सभापति उदास
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण एशियाको भूराजनीति र शक्ति राष्ट्रको प्रतिष्पर्धा नेपालका लागि चुनौतीपूर्णः डा. राजन भट्टराई



अ+ अ-

काठमाडाैँ । नेकपा एमालेका सचिव एवं परराष्ट्र मामिला विज्ञ डा. राजन भट्टराईले दक्षिण एशियामा भइरहेको राजनीतिक फेरबदल र शक्ति राष्ट्रहरूबीचको प्रतिष्पर्धाले नेपालका लागि नयाँ चुनौती थपेको बताउनुभएको छ ।

नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्रनीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. भट्टराईले यस्तो बताउनुभएको हो ।

डा. भट्टराईले दक्षिण एशियाका प्रमुख मुलुकहरूमा देखिएको शासन परिवर्तन (रिजिम चेन्ज) को लहर र त्यसले शक्ति राष्ट्रहरूबीच निम्त्याउन सक्ने सहकार्य वा द्वन्द्वको अवस्थाबारे सुक्ष्म विश्लेषण आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँकाअनुसार नेपालमा सञ्चालित कनेक्टिभिटीका परियोजनाहरू, अमेरिकी सहयोग परियोजना (एमसीसी) र चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) जस्ता विषयहरू अहिले यही भूराजनीतिक खिचातानीसँग जोडिएका छन् ।

नेपालको भौगोलिक अवस्थितिको महत्व उल्लेख गर्दै डा. भट्टराईले शक्ति राष्ट्रहरूको उदयसँगै नेपाल उनीहरूको निगरानीको केन्द्र बनेको टिप्पणी गर्नुभयो । उनीहरूले नेपालमा आफ्नो प्रभाव विस्तार र सुदृढीकरण गर्न खोजिरहेको भन्दै उहाँले यसलाई ’सफ्ट बेली’ माथिको निगरानीका रूपमा अथ्र्याउनु भयो ।

परराष्ट्र मामिलाका सम्बन्धमा नेपालको आन्तरिक तयारी कमजोर रहेको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।  यदि यो यथार्थलाई समयमै बुझेर सम्बोधन गर्न नसकिए मुलुक गम्भीर संकटमा फस्ने उहाँको चेतावनी छ । –न्युज एजेन्सी नेपाल