२८ श्रावण २०८३, बिहीबार
,
Latest
परराष्ट्र नीतिलाई नयाँ ढङ्गले पुनर्परिभाषित गर्नुपर्छः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ किशोर श्रेष्ठको गिरफ्तारीको विरोधमा पत्रकारहरूको धर्ना (फाेटाे फिचर) सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा एक जनाको मृत्यु दक्षिण एशियाको भूराजनीति र शक्ति राष्ट्रको प्रतिष्पर्धा नेपालका लागि चुनौतीपूर्णः डा. राजन भट्टराई कोशी टप्पुमा बढ्दो पर्यटक आकर्षण, दुर्लभ अर्ना र प्रवासी चराचुरुङ्गी मुख्य आकर्षण सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन रोल्पामा पहिरोः मृत्यु हुनेको संख्या तीन पुग्यो, नौ जना अझै बेपत्ता आजदेखि विधिवत् सुरु भयो नेवार समुदायको धार्मिक पर्व ‘गुँला’ (फाेटाे फिचर) पत्रकार श्रेष्ठको गिरफ्तारी र ‘जनआस्था’ कार्यालयमा प्रहरी छापा निन्दनीय : मानव अधिकार तथा शान्ति समाज
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार श्रेष्ठको गिरफ्तारी र ‘जनआस्था’ कार्यालयमा प्रहरी छापा निन्दनीय : मानव अधिकार तथा शान्ति समाज



अ+ अ-

काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा पक्राउ गरेको तथा त्यसपछि उनले सम्पादन गर्दै आएको ‘जनआस्था’ पत्रिकाको कार्यालयमा छापा मारेर कम्प्युटरसहित विभिन्न सामग्री नियन्त्रणमा लिएको घटनाप्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ ।

शान्ति समाजले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रेसबाट कुनै त्रुटि भए त्यसको निरूपणका लागि नियामक निकायमार्फत कानुनी विधि हुँदाहुँदै पत्रकारलाई गिरफ्तार गर्नु आपत्तिजनक भएको जनाएको हो ।

समाजका अनुसार श्रेष्ठलाई २०८३ साउन २७ गते राति पक्राउ गरिएको थियो । त्यसको भोलिपल्ट साउन २८ गते बिहान ‘जनआस्था’को कार्यालयमा प्रहरीले छापा मारेर कम्प्युटरसहित विभिन्न सामग्री नियन्त्रणमा लिनु निन्दनीय र दुराशयपूर्ण देखिएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो कार्यले प्रेस स्वतन्त्रता, मौलिक हक तथा नेपालको संविधानको उल्लङ्घन गरेको समाजको ठहर छ । समाजले पत्रकार श्रेष्ठलाई शीघ्र रिहा गर्न तथा प्रेसमाथिको आक्रमण बन्द गर्न सरकारसँग आग्रह गरेको छ ।

समाजले नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरिएको र संविधानको धारा १९ ले सञ्चारको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको स्मरण गराएको छ । धारा १९ को उपधारा २ मा सञ्चारमाध्यमलाई बन्द, जफत वा दर्ता खारेज गर्न तथा त्यस्ता सामग्री जफत गर्न नहुने व्यवस्था रहेको समाजले जनाएको छ ।

त्यसैगरी, नेपाल पक्ष राष्ट्र रहेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रको धारा १९ ले पनि अभिव्यक्ति तथा सञ्चारको स्वतन्त्रतालाई सुनिश्चित गरेको समाजले उल्लेख गरेको छ ।

पत्रकारको सुरक्षाका लागि सूचनाको स्रोत खुलाउन सञ्चारकर्मी बाध्य नहुने पत्रकारिताको विशेषाधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मान्यतालाई समेत सबैले अवलम्बन गर्नुपर्ने समाजको भनाइ छ ।