२७ श्रावण २०८३, बुधबार
,
Latest
परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी मधेसमा विद्युत् पूर्वाधार विस्तार तीव्र, नयाँ प्रसारण लाइन र सबस्टेसन निर्माण अघि बढ्दै युवाको अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की पोखरामा एलपी ग्यास अभाव कायमै, कम्पनी भन्छन्– आवश्यकताभन्दा बढी भण्डारणले समस्या सुनको मूल्य रु पाँच हजार दुई सयले बढ्यो बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तारका लागि हेलिकप्टरमार्फत् उपकरण ढुवानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जाको चापाकोटमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते



अ+ अ-

काठमाडाैँ । स्याङ्जाको चापाकोट नगरपालिका–१० बारीकुनामा दुई मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई जना घाइते भएका छन्।

बुधबार साँझ करिब ५ः५० बजे ग.८ प. २०८२ नम्बरको मोटरसाइकल र लु.५९ प. २४२७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुवै मोटरसाइकलका चालक घाइते भएका हुन्।

दुर्घटनामा ग.८ प. २०८२ नम्बरको मोटरसाइकल चालक चापाकोट नगरपालिका–२ ठटिभञ्ज्याङका ३० वर्षीय सनम शाही घाइते भएका छन्। उनको अनुहार, ढाड, खुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको छ।

शाहीलाई चापाकोट नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा पठाइएको थियो। त्यहाँबाट थप उपचारका लागि बिहीबार बिहान करिब ३ बजे पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएकोमा हाल सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, लु.५९ प. २४२७ नम्बरको मोटरसाइकल चालक चापाकोट नगरपालिका–८ क्वामीका २२ वर्षीय सुदिप बस्याल पनि घाइते भएका छन्। उनको गर्दन, नाक तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ।

बस्याललाई चापाकोट नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको र हाल सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।