१६ आश्विन २०८१, बुधबार
,
Latest
सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी टिकेन पुँजीबजारको उकालो यात्रा: नेप्से परिसूचक २६ अङ्कले घट्यो स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान ! बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह न्यायपालिका पुरुषप्रधान छ: सञ्चारमन्त्री गुरुङ विपद्बाट ६ अर्ब रुपैयाँ बराबरको बालिनाली नोक्शानी भयो: मन्त्री अधिकारी निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ,बाँकी दशैँअघि कोशिस गर्छौं: अर्थमन्त्री पौडेल न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिनेछु: प्रश्तावित प्रधानन्यायाधीश राउत आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाइब्रिड धानबाट भएको क्षतिपूर्तिको माग राख्दै अखिल नेपाल किसान महासंघको विरोध प्रदर्शन (भिडियो)



अ+ अ-

काठमाडौं । डिवाई २८ नामक हाइब्रिड धानबाट भएको क्षतिपूर्तिको माग राख्दै अखिल नेपाल किसान महासंघ विरोध प्रदर्शन गरेको छ । शुक्रवार माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्दै सरकारबाट समयमै क्षतिपूर्ति नपाएको भन्दै पीडित किसानहरुले पुनः आन्दोलन सुरु गरेका छन ।

विरोध प्रदर्शन कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघका अध्यक्ष डा। प्रेम दंगालले सरकारले साना किसानलाई धानबाट भएको क्षेतिको सतप्रतिशत क्षतिपूर्ति दिनु पर्ने बताउनु भयो । उहाँले पिडित किसानलाई सतप्रतिशत क्षतिपूर्ति सहित राहतको कार्यक्र घोषणा गर्नु पर्ने माग राख्नु भयो । अध्यक्ष दङगोलले अहिले सरकारका किसानको लागि मल ल्याउने निकाय विगत लामो समय देखि निक्मा भएर बसेको बताउनु भयो  । किसानहरुले मल अभावको समस्या नियति नभएर सरकार निक्माको परकाष्ठ भएको दाबी गर्नू भयो।

महासंघ उपत्यका समन्वय समितिले सरकारलाई तत्काल पिडित क्षतिपूर्तिको व्यवस्था गर्न माग राखेका छन् । समयमै मल, बिउ र कृषि सूचना नदिएको सरकारले क्षतिपूर्ति नदिएर थप पीडित बनाएको पीडित किसानले गुनासो गरेका छन । तत्काल क्षतिपूर्तिको व्यवस्था नभए कृषि ज्ञान केन्द्र र कृषि बिउ बिजन कार्यालयहरुमा ताला लगाउने चेतावनी किसानहरुले दिएका छन ।