१० असार २०८३, बुधबार
,
Latest
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाइब्रिड धानबाट भएको क्षतिपूर्तिको माग राख्दै अखिल नेपाल किसान महासंघको विरोध प्रदर्शन (भिडियो)



अ+ अ-

काठमाडौं । डिवाई २८ नामक हाइब्रिड धानबाट भएको क्षतिपूर्तिको माग राख्दै अखिल नेपाल किसान महासंघ विरोध प्रदर्शन गरेको छ । शुक्रवार माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्दै सरकारबाट समयमै क्षतिपूर्ति नपाएको भन्दै पीडित किसानहरुले पुनः आन्दोलन सुरु गरेका छन ।

विरोध प्रदर्शन कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघका अध्यक्ष डा। प्रेम दंगालले सरकारले साना किसानलाई धानबाट भएको क्षेतिको सतप्रतिशत क्षतिपूर्ति दिनु पर्ने बताउनु भयो । उहाँले पिडित किसानलाई सतप्रतिशत क्षतिपूर्ति सहित राहतको कार्यक्र घोषणा गर्नु पर्ने माग राख्नु भयो । अध्यक्ष दङगोलले अहिले सरकारका किसानको लागि मल ल्याउने निकाय विगत लामो समय देखि निक्मा भएर बसेको बताउनु भयो  । किसानहरुले मल अभावको समस्या नियति नभएर सरकार निक्माको परकाष्ठ भएको दाबी गर्नू भयो।

महासंघ उपत्यका समन्वय समितिले सरकारलाई तत्काल पिडित क्षतिपूर्तिको व्यवस्था गर्न माग राखेका छन् । समयमै मल, बिउ र कृषि सूचना नदिएको सरकारले क्षतिपूर्ति नदिएर थप पीडित बनाएको पीडित किसानले गुनासो गरेका छन । तत्काल क्षतिपूर्तिको व्यवस्था नभए कृषि ज्ञान केन्द्र र कृषि बिउ बिजन कार्यालयहरुमा ताला लगाउने चेतावनी किसानहरुले दिएका छन ।