पर्सा। प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा-१४ कृष्णप्रणामी चोकमा लागुऔषध ब्राउनसुगरको खरिद बिक्री भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा लागुऔषध नियन्त्रण ब्यूरो वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतका शत्रुधन पासवानलाई आज पक्राउ गरेको हो ।
शङ्काष्पद रूपमा पैदल हिँडिरहेका निजलाई रोकी खानतलासी गर्दा भारतको विहार जिल्ला मोतीहारी श्रीपुर ग्रामपञ्चायत-१ निवासी २५ वर्षीय पासवानले लगाएको पाइन्टको खल्तीबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६.५७ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
निजलाई ब्राउनसुगरसहित पक्राउ गरी नियन्त्रणमा लिलुका साथै थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । रासस











