२५ श्रावण २०८३, सोमबार
,
Latest
विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेता सिंहको प्रश्ताव अदालत र अख्तियारले पनि विकास निर्माणलाई प्रभावित पारेः काँग्रेस सांसद स्वाँर दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियानको विषयमा मन्त्री सिता बादी र मधेसी आयोगबीच छलफल विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने २८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा तय गर्छ : मोहनबहादुर बस्नेत चिनियाँ राजदूत झाङ माओमिङद्वारा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सुशासन र सदाचारमा ध्यान दिन सकेनः सांसद सुनार



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद सांसद भुवनबहादुर सुनारले सरकारले सुशासन र सदाचारको क्षेत्रमा पर्याप्त ध्यान दिन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

सोमवार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका सम्बन्धमा भएको छलफलमा उहाँले यस्तो बताउनुभएको हो ।

सांसद सुनारले सरकारका हालसम्मका गतिविधिहरू सुशासन र सदाचारको मर्मअनुरूप नदेखिएको टिप्पणी गर्नुभयो । नीति कार्यान्वयनको प्रक्रिया सहज नभए पनि यसलाई दृढताका साथ अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । विगतमा विद्यालयको पाठ्यक्रममा नैतिक शिक्षा समावेश हुने गरेको स्मरण गर्दै उहाँले वर्तमान समयमा यसको सान्दर्भिकता अझ बढेको उल्लेख गर्नुभयो ।

प्रश्तावित नीतिलाई दस्ताबेजमा मात्र सिमित नराखी वडा तहसम्मै जिम्मेवार अधिकारी तोकेर कार्यान्वयन गर्नुपर्ने उहाँको सुझाव छ । नीतिगत व्यवस्थालाई तल्लो तहसम्म प्रभावकारी रूपमा लैजानसके मात्र एउटा सुन्दर र सभ्य समाजको निर्माण सम्भव हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।