२५ श्रावण २०८३, सोमबार
,
Latest
विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेता सिंहको प्रश्ताव अदालत र अख्तियारले पनि विकास निर्माणलाई प्रभावित पारेः काँग्रेस सांसद स्वाँर दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियानको विषयमा मन्त्री सिता बादी र मधेसी आयोगबीच छलफल विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने २८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा तय गर्छ : मोहनबहादुर बस्नेत चिनियाँ राजदूत झाङ माओमिङद्वारा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदाचार नीति कार्यान्वयनमा सांसद भट्टको जोडः ‘अरूलाई सुधार्नुअघि आफू सुध्रिन आवश्यक’



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले राष्ट्रिय सदाचार नीतिको प्रभावकारी कार्यान्वयनका लागि जिम्मेवार निकायमा रहेका व्यक्तिहरूको व्यवहारमा सुधार आउनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सोमवारको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका सम्बन्धमा भएको छलफलमा बोल्दै सांसद भट्टले राजनीतिज्ञ र सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरू कर्तव्यप्रति उत्तरदायी हुन नसक्दा यस्ता नीतिहरू ल्याउनुपरेको बताउनुभएको हो ।

उहाँले नीति पारित गर्नु सकारात्मक भएपनि नीति बनाउने र कार्यान्वयन गर्नेहरूको आचरण नै मुख्य प्रश्नको विषय बनेको उल्लेख गर्नुभयो । सांसद भट्टले सरकारले सदाचार नीति पारित गरे पनि मन्त्रीहरूको भाषण र व्यवहारले त्यसलाई आत्मसात् नगरेको आरोप लगाउनु भयो । नीति पारित गर्नेहरूले नै त्यसको उल्लंघन गरिरहेको भन्दै उहाँले जिम्मेवारीमा रहेका व्यक्तिहरूले अरूलाई उपदेश दिनुअघि आफू सुध्रिनु पर्ने बताउनु भयो ।

अनुगमनकारी निकायहरूको प्रभावकारितामाथि प्रश्न उठाउँदै भट्टले राष्ट्रिय शतर्कता केन्द्र जस्ता संस्थाहरूले प्रधानमन्त्री वा मन्त्रीहरूलाई निर्देशन दिन नसक्ने अवस्था रहेको चर्चा गर्नुभयो । सदाचार नीति ‘स्वकार्यान्वयन’ को विषय भएकोले यसलाई कसैको निर्देशनभन्दा पनि जिम्मेवार व्यक्तिहरूको स्वनियमनका रूपमा बुझ्नुपर्ने उहाँको तर्क छ ।

यसैगरी, भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संस्थाहरू क्रियाशील रहे पनि भ्रष्टाचार नरोकिएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । उहाँले नीति निर्माण तहमा रहेका व्यक्तिहरूले आफ्ना आचरण सुधार्दै राष्ट्रिय सदाचार नीतिलाई व्यवहारमा उतार्न सबैको सहयोग र सद्भाव आवश्यक रहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल