२५ श्रावण २०८३, सोमबार
,
Latest
विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेता सिंहको प्रश्ताव अदालत र अख्तियारले पनि विकास निर्माणलाई प्रभावित पारेः काँग्रेस सांसद स्वाँर दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियानको विषयमा मन्त्री सिता बादी र मधेसी आयोगबीच छलफल विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने २८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा तय गर्छ : मोहनबहादुर बस्नेत चिनियाँ राजदूत झाङ माओमिङद्वारा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सदाचार नीति कार्यान्वयन र ऐन निर्माणका लागि सरकारलाई संसदीय समितिको निर्देशन



अ+ अ-

काठमाडाैँ । संघीय संसदको विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को प्रभावकारी कार्यान्वयनका लागि तत्काल सदाचार ऐनको विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

सोमवार बसेको समितिको बैठकमा सभापति कृष्णप्रसाद पौडेलले समितिका तर्फबाट सरकारलाई यस्तो निर्देशन दिनुभएको हो । बैठकमा सभापति पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै नागरिकको दैनिक जीवनमा सुधार ल्याउनुपर्नेमा सरकारको वर्तमान कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

सरकारका गतिविधिहरू संविधानलाई नै कमजोर बनाउने, लोकतान्त्रिक मूल्यमान्यता र विधिको शासनलाई प्रतिकूल प्रभाव पार्ने दिशामा उन्मुख भएको भन्दै उहाँले सदाचार नीतिको आवश्यकता र महत्वमा जोड दिनुभयो ।

प्रधानमन्त्री र मन्त्रीहरूको बोली तथा व्यवहारले समाजको चरित्र निर्माण गर्ने उल्लेख गर्दै सभापति पौडेलले सरकारलाई मर्यादित र सुसंस्कृत समाज निर्माणमा जिम्मेवार बन्न सचेत गराउनु भयो । समितिले राष्ट्रिय सदाचार नीति, २०८३ जारी गरेकोमा सरकारलाई धन्यवाद दिँदै उक्त नीतिको पूर्ण कार्यान्वयनका लागि यसै अधिवेशनमा ‘सदाचार ऐन’ सम्बन्धी विधेयक संसदमा पेस गर्न माग गरेको छ ।

समितिले सबै सरकारी निकायमा तत्काल ‘फोकल पोइन्ट’ तोक्न, सबै निकायमा आचारसंहिता निर्माण गरी लागू गर्न र विद्यालयको पाठ्यक्रममा सदाचार शिक्षा समावेश गर्न समेत नेपाल सरकारलाई निर्देशन दिएको छ ।