२५ श्रावण २०८३, सोमबार
,
Latest
दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियानको विषयमा मन्त्री सिता बादी र मधेसी आयोगबीच छलफल विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने २८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा तय गर्छ : मोहनबहादुर बस्नेत चिनियाँ राजदूत झाङ माओमिङद्वारा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट प्रतिपक्षले प्रश्न गर्दा ‘ओलीको कार्यकर्ता’ भनिएकोमा राप्रपा नेता शाहीको आपत्ति सरकार–सञ्चारमाध्यम सम्बन्ध सुदृढ बनाउन शिक्षामन्त्री पोखरेलले गरे सम्पादकहरूसँग छलफल राष्ट्रिय गौरवका आयोजनाका लागि एउटै प्रभावकारी कानून बनाऔँ : सांसद डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जग्गा हदअबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न सांसद थेवेको माग



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले)का सांसद क्षितिज थेवेले जग्गा हदअबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न माग गर्नुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो ।

उहाँले हालको जग्गा हदबन्दीसम्बन्धी व्यवस्था पहाडी तथा हिमाली जिल्लाको भौगोलिक अवस्था र स्थानीय आवश्यकताअनुकूल नभएको बताउनु भयो । उहाँकाअनुसार हाल तराई तथा भित्री मधेशमा १० बिघा, काठमाडौं उपत्यकामा २५ रोपनी र उपत्यकाबाहेकका पहाडी क्षेत्रमा ७५ रोपनी जग्गाको हदबन्दी तोकिएको छ ।

तर ताप्लेजुङजस्ता हिमाली तथा पहाडी जिल्लामा यो व्यवस्था व्यवहारिक नभएको उहाँको भनाइ छ । उहाँले ताप्लेजुङमा सयौँ रोपनीमा फैलिएका परम्परागत खर्क तथा चरन क्षेत्र रहेको उल्लेख गर्दै हदबन्दीका कारण अंशबण्डा, कित्ताकाट र जग्गा किनबेचमा समेत समस्या उत्पन्न भएको बताउनु भयो । उहाँले जग्गाको वर्गीकरण भइसकेकाले सबै क्षेत्रलाई एउटै मापदण्डमा राख्न धारणा समेत राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको हाल जग्गा हदबन्दीसम्बन्धी व्यवस्थामा तराई तथा भित्रि मधेशसमा १० विघा, काठमाडौं उपत्यकामा २५ रोपनी र र उपत्यकाबाहेकको पहाडी क्षेत्रमा ७५ रोपनी तोकिएको छ । तर ताप्लेजुङजस्ता हिमाली तथा पहाडी जिल्लामा यो व्यवस्था व्यवहारिक देखिएको छैन । यहाँ सयौँ रोपनीमा फैलिएका परम्परागत खर्क, चरन क्षेत्रहरु रहेका छन् । हदबन्दीका कारण अहिले अंशबण्डा, कित्ताकाट तथा जग्गा किनबेचमा समेत ठूलो समस्या उत्पन्न भएको छ । अघिल्लो सरकारले जग्गाको वर्गीकरण गरेको छ । त्यसैले अब सबै क्षेत्रलाई एउटै मागपदण्डमा राख्नुको सट्टा मापदण्डको वर्गीकरण, प्रकृति, उत्पादन, उपयोगिता, स्थानीय भौगोलिक अवस्था र चलनचल्तीलाई आधार बनाएर हदबन्दी निर्धारण गर्न आवश्यक छ । ताप्लेजुङ लगायत पहाडी तथा हिमाली जिल्लाको वास्तविक अध्ययन गरी जग्गा हदबन्दीसम्बन्धी व्यवस्था तत्काल अवलोकन गरियोस् । व्यवहारिक र वैज्ञानिक तवरबाट समस्या समाधान गरियोस् ।’

उहाँले जग्गाको प्रकृति, उत्पादन, उपयोगिता, स्थानीय भौगोलिक अवस्था र प्रचलनलाई आधार बनाएर क्षेत्रअनुसार हदबन्दी निर्धारण गर्नुपर्ने बताउनु भयो । –