२५ श्रावण २०८३, सोमबार
,
Latest
अनलाइन ठगीको सञ्जालः विवाहको प्रलोभनमा कास्कीकी एक महिलाले गुमाइन् ३१ लाख रुपैयाँ ह्वाइट हाउसको मुख्य कानूनी सल्लाहकारमा विल शार्फ नियुक्त दक्षिण लेबनानको ‘पाइलट क्षेत्र’ मा तीन सैनिक घाइते, इजरायली सेनाद्वारा अनधिकृत संरचना निर्माण झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेट्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु रूसी आधारहरूको भविष्यबारे मस्कोसँग सम्झौता गरेको सिरियाको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूसी आधारहरूको भविष्यबारे मस्कोसँग सम्झौता गरेको सिरियाको दाबी



अ+ अ-

दमास्कस। सिरियाले रूसमा रहेका रूसका दुई आधारहरूको भविष्यबारे सम्झौता गरेको सिरियाली सरकारी स्रोतहरूले आइतबार पुष्टि गरेका छन् ।

यी आधारहरू मस्कोले सिरियाली गृहयुद्धका बेला पदच्युत नेता बाशर अल–असदलाई सैन्य सहयोग दिन प्रयोग गर्ने गरेको थियो ।

रूस १३ वर्षे द्वन्द्वका बेला असदको मुख्य सहयोगी थियो र पूर्व नेतालाई सत्तामा टिकाइराख्न सहयोग गरेको थियो । सन् २०२४ मा उहाँको पदच्युतले यस क्षेत्रमा रूसको प्रभावलाई ठूलो झटका दिएको थियो ।

राष्ट्रपति भ्लादिमिर पुटिनले त्यसयता दमास्कसका नयाँ इस्लामवादी अधिकारीहरूसँग सम्बन्ध बनाउन प्रयास गरिरहनुभएको छ ताकि पूर्व सोभियत सङ्घबाहिर रूसका मात्र दुई आधिकारिक सैन्य आधारहरूको भविष्य सुरक्षित गर्न सकियोस्।

सिरियाको साना न्यूज एजेन्सीले विदेश मन्त्रालयलाई उद्धृत गर्दै भनेको छ, ‘ह्मेइमिम हवाई आधार र तार्तुस नौसेना आधारलाई ‘आपसी हित संरक्षण गर्ने नयाँ व्यवस्थाअन्तर्गत संयुक्त तालिम तथा क्षमता अभिवृद्धि केन्द्र’ मा परिणत गरिनेछ।

डेढ वर्षको वार्तापछि भएको समझदारी पत्रले ‘प्रक्रिया पूरा गर्न तीन महिनाभन्दा बढी समयसीमा तोकेको’ सानाले उल्लेख गरेको छ।

यस बीचमा दुवै आधारका नागरिक सुविधाहरू दमास्कसलाई हस्तान्तरण गरिनेछ । रूसले अहिलेसम्म यस सम्झौताबारे आधिकारिक टिप्पणी गरेको छैन।

वार्ता चलिरहेका बेला ह्मेइमिम र तार्तुस दुवै आधार सञ्चालनमा नै छन् । साना न्यूज अनुसार सिरियाली विदेशमन्त्री असाद अल–शैबानीले आइतबार यी स्थलहरूको भ्रमण गरेर ‘ऐतिहासिक समझदारी पत्रमा समावेश सुविधा तथा संरचनाहरूको निरीक्षण’ गर्नुभएको थियो ।

महत्त्वपूर्ण कदम

सिरियाको नागरिक उड्डयन प्राधिकरणका प्रमुख ओमर अल–हासरीले प्राधिकरणले लताकिया अन्तर्राष्ट्रिय विमानस्थलको नियन्त्रण लिइरहेको छ। यो ह्मेइमिमसँग जोडिएको नागरिक सुविधा हो, जसको सञ्चालन रूसको उपस्थितिसँग नजिकबाट जोडिएको थियो ।

“प्राधिकरणका विशेषज्ञ टोलीहरूले विमानस्थल, यसका सुविधा र प्रणालीहरूको प्राविधिक तथा सञ्चालन मूल्याङ्कन सुरु गरेका छन्, जसले पुनस्र्थापना योजना तयार पार्ने तयारी गर्छ,” हासरीले भन्नुभयो ।

उहाँले यस कदमलाई ‘सिरियाली विमानस्थलहरू पुनस्र्थापना र सञ्चालन गर्न तथा राष्ट्रिय नागरिक उड्डयन प्रणालीमा पुनः एकीकृत गर्न महत्त्वपूर्ण कदम’ भन्नुभयो ।

सिरियाले मस्कोसँग सहकार्य गर्न इच्छा व्यक्त गरेको छ र राष्ट्रपति अहमद अल–शाराले पदभार ग्रहण गरेदेखि पुटिनले उहाँसँग मस्कोमा दुई पटक भेट गर्नुभएको छ ।

शाराको जनवरीको अन्तिम भ्रमणका बेला पुटिनले ‘दुवैका अन्तरराज्यीय सम्बन्ध पुनस्र्थापनामा धेरै उपलब्धि भएको’ बताउनुभएको थियो भने शारालाई ‘सिरियाको क्षेत्रीय अखण्डता पुनस्र्थापनाका प्रयास’ का लागि प्रशंसा गर्नुभएको थियो ।

शाराले सिरिया र क्षेत्रमा रूसको ‘ऐतिहासिक भूमिका’ को प्रशंसा गरे पनि, दमास्कसले बारम्बार असदलाई सुपुर्दगी गर्न माग गरेको छ। असद पदच्युतिपछि पत्नीसहित मस्कोमा आश्रय लिइरहेका बताउने गरिएको छ।

यस वर्षको सुरुतिर क्रेमलिनले सिरियाको उत्तर–पूर्वस्थित कामिश्ली विमानस्थलबाट आफ्ना सेना फिर्ता लगेको थियो । (रासस/एएफपी)