२४ श्रावण २०८३, आईतवार
,
Latest
तीन सय दुई किलो गाँजासहित एक जना पक्राउ सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते सद्भाव र शान्ति कायम राख्न धार्मिक अगुवाहरूको सामूहिक प्रतिबद्धता ‘मोडल हन्ट नेपाल’को उपाधि परन्तप र लिजालाई साना सिँचाइ कार्यक्रमः इलाममा ५९५० हेक्टरमा सिँचाइ सुविधा मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु पूर्णबहादुर खड्काको अपिल : ‘कांग्रेस एकताका लागि सभापति गगन थापा निर्णायक भूमिकामा आउनुस्’ धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन सट्टेबाजीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित



अ+ अ-

मियामी। बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले शनिबार लिग्स कपको खेलमा मोन्टेरेसँर्ग २–१ ले पराजीत भएको छ । टोलीले खेल अघि जर्ज मेस्सीका लागि एक मिनेट मौन धारण गरेका थिए । उहाँको अर्जेन्टिनामा ६८ वर्षको उमेरमा निधन भएको हो ।

इन्टर मियामीका कप्तान लियोनेल मेस्सी शनिबार राति त्यहाँ पुग्नुभएको थियो । “हाम्रो हृदय हाम्रा कप्तान लियो र सम्पूर्ण मेस्सी परिवारसँग छ,” इन्टर मियामीले एक विज्ञप्तिमा भनेको छ ।

अर्जेन्टिनी मिडफिल्डर रोड्रिगो डि पाउलले ३२ औँ मिनेटमा गोल गरेर मियामीलाई पहिलो ४५ मिनेटमा १-० को अग्रता दिलाउनुभएको थियो ।

यो मेक्सिकन टोलीविरुद्धको समूह चरणको खेल थियो । बेल्जियमका स्ट्राइकर हुगो कुइपर्सले ४७ औँ मिनेटमा गोललाई बराबरी गरेका थिए । त्यसपछि उरुग्वेकास्ट्राइकर डिएगो रोस्सीले ९० औँ मिनेटमा विजयी गोल गरेका थिए ।

मेजर लिग सकरको च्याम्पियन मियामीले आफ्नो पहिलो समूह चरणको खेलमा एट्लेटिको सान लुइसलाई ४-२ ले जितेका थियो । इन्टर मियामी बुधबार लियोनसँग खेल्नेछ । रासस/एएफपी