• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध

साउदी आक्रमणबारे अमेरिकी आरोपको इरानद्वारा खण्डन



तेहरान । साउदी अरेबियाका तेल उद्योगमा मानवरहित यन्त्र (ड्रोन) बाट भएको आक्रमणमा इरानको संलग्नता रहेको भन्ने अमेरिकाको भनाई असत्य रहेको इरानले बताएको छ ।

इस्लामिक मुलुक इरान विरुद्ध आक्रमण गर्न अमेरिकाले पृष्ठभूमि तयार पार्न खोजेको इरानको भनाई छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले अमेरिकाले लगाएको आरोपमा बिल्कुलै सत्यता नरहेको र अर्थहीन रहेको बताउनुभएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले गत शनिबार साउदी अरेबियामा भएको ड्रोन हमला इरानले गरेको आरोप लगाउनुभएको थियो । ड्रोन आक्रमणका कारण साउदी अरेबियाको तेल उत्पादन आधा कटौती भएको छ ।

यमनका इरान समर्थित हुथी विद्रोहीहरुले उक्त हमलाको जिम्मेवारी लिएका छन्, तर पोम्पेओले ड्रोन आक्रमण यमनबाट भएको भन्ने कुनै प्रमाण नभेटिएको दाबी गर्नुभएको छ ।

हुथी विद्रोहीले गरेको भनिएको ड्रोन आक्रमणबाट साउदी अरेबियाको पूर्वी प्रान्तका अब्का र खुराइसका तेल उद्योगमा ठूलो क्षति पुगेको छ ।