१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको ध्यानाकर्षणपछि प्रमले भन्नुभो– कमजोरी भएहोला सुधार्छौ – डा महत



अ+ अ-

काठमाडौँ । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गएको काँग्रेसको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी ओलीको गम्भीर ध्यानाकर्षण गराएको छ ।


सभापति देउवाको नेतृत्वमा उपसभापति रामचन्द्र पौडेल तथा नेता कृष्ण सिटौला, महामन्त्री सशांक कोइराला, सहमहामन्त्री डा.प्रकाशशरण महत लगायतका नेता एवम् पदाधिकारीहरु आज साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।


उनीहरुले पछिल्लो समयमा सरकारले संविधान विपरीत काम गरिरहेको, सरकारले जनपक्षीय काम गर्न नसक्दा उसको कामप्रति नेपाली जनता निराश र असन्तुष्ट भएका तथा देशव्यापी रुपमा भ्रष्टाचार र कुशासन बढेको, सरकारले नागरिकलाई दिनुपर्ने सेवा तथा सुविधामा पनि आफ्ना कार्यकर्तालाई मात्र लाभ दिने गरेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।


काँग्रेसको शान्तिपुर्ण जागरण सभामा केही दिनअघि नेपालगञ्जमा भएको सांघातिक हमलाप्रति पनि सरकार गम्भीर हुन नसकेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको सो प्रतिनिधिमण्डमा रहेका सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।


उनका अनुसार पछिल्लो समयमा मिडिया काउन्सिल, नागरिकको सम्पत्तिको अधिकार, नागरिकतालगायत सरकारले निर्माण गरिरहेका समग्र विधेयकमा संसदमा काँग्रेसले प्रमुख प्रातिपक्षी दलको हैसियतले राखिरहेका अडानहरुका बारेमा पनि कुनै सुनुवाई गर्न नचाहेको भन्दै प्रमुख विपक्षी नेता देउवाले प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका थिए ।


सरकारले संविधानको भावना विपरीत काम गरिरहेको, विपक्षी दलले संसद र सडकमा बारम्बार उठाइरहेका जनताका गुनासा र समस्याका साथै शान्ति र प्रजतन्त्रका पक्षका आवाजहरु पनि सरकारले सुनेर पनि नसुनेजस्तो गरिरहेको भन्दै प्रधानमन्त्रीमार्फत सरकारको गम्भीर बन्न आग्रह गरिएको थियो ।


त्यस क्रममा प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट कमी कमजोरीहरु भएकोमा त्यसलाई आगामी दिनमा सच्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको डा.महतले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलको आवाज आफूले सुनेको र आगामी दिनमा पनि प्रमुख विपक्षी दलसँग आवश्यक परामर्श र सल्लाह गरेर नै अघि बढ्न आफू चाहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।