१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

काँग्रेसको ध्यानाकर्षणपछि प्रमले भन्नुभो– कमजोरी भएहोला सुधार्छौ – डा महत

काँग्रेसको ध्यानाकर्षणपछि प्रमले भन्नुभो– कमजोरी भएहोला सुधार्छौ – डा महत
अ अ+ अ-

काठमाडौँ । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गएको काँग्रेसको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी ओलीको गम्भीर ध्यानाकर्षण गराएको छ ।


सभापति देउवाको नेतृत्वमा उपसभापति रामचन्द्र पौडेल तथा नेता कृष्ण सिटौला, महामन्त्री सशांक कोइराला, सहमहामन्त्री डा.प्रकाशशरण महत लगायतका नेता एवम् पदाधिकारीहरु आज साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।


उनीहरुले पछिल्लो समयमा सरकारले संविधान विपरीत काम गरिरहेको, सरकारले जनपक्षीय काम गर्न नसक्दा उसको कामप्रति नेपाली जनता निराश र असन्तुष्ट भएका तथा देशव्यापी रुपमा भ्रष्टाचार र कुशासन बढेको, सरकारले नागरिकलाई दिनुपर्ने सेवा तथा सुविधामा पनि आफ्ना कार्यकर्तालाई मात्र लाभ दिने गरेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।


काँग्रेसको शान्तिपुर्ण जागरण सभामा केही दिनअघि नेपालगञ्जमा भएको सांघातिक हमलाप्रति पनि सरकार गम्भीर हुन नसकेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको सो प्रतिनिधिमण्डमा रहेका सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।


उनका अनुसार पछिल्लो समयमा मिडिया काउन्सिल, नागरिकको सम्पत्तिको अधिकार, नागरिकतालगायत सरकारले निर्माण गरिरहेका समग्र विधेयकमा संसदमा काँग्रेसले प्रमुख प्रातिपक्षी दलको हैसियतले राखिरहेका अडानहरुका बारेमा पनि कुनै सुनुवाई गर्न नचाहेको भन्दै प्रमुख विपक्षी नेता देउवाले प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका थिए ।


सरकारले संविधानको भावना विपरीत काम गरिरहेको, विपक्षी दलले संसद र सडकमा बारम्बार उठाइरहेका जनताका गुनासा र समस्याका साथै शान्ति र प्रजतन्त्रका पक्षका आवाजहरु पनि सरकारले सुनेर पनि नसुनेजस्तो गरिरहेको भन्दै प्रधानमन्त्रीमार्फत सरकारको गम्भीर बन्न आग्रह गरिएको थियो ।


त्यस क्रममा प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट कमी कमजोरीहरु भएकोमा त्यसलाई आगामी दिनमा सच्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको डा.महतले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलको आवाज आफूले सुनेको र आगामी दिनमा पनि प्रमुख विपक्षी दलसँग आवश्यक परामर्श र सल्लाह गरेर नै अघि बढ्न आफू चाहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।