धर्मशाला (भारत)ः भारत र दक्षिण अफ्रिकाबीच भारतकाे धर्मशालामा हुने गरी तय भएकाे पहिलाे टी२० क्रिकेट खेल वर्षाका कारण रद्द भएकाे छ ।
तीन म्याचकाे यस शृंखलामा याे पहिलाे खेल थियाे ।
लगातार वर्षाका कारण टस समेत गराइएकाे थिएन । अब दाेस्राे खेल सेप्टेम्बर १८ मा माेहालीमा र तेस्राे खेल सेप्टेम्बर २२ बैंगलाेरमा हुनेछ ।
यी दुबै देशबीच तीन वटा टेस्ट म्याच हुनेछ ।