१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

आईएनजीओको कार्यक्रम कति पारदर्शी ? एक वर्षमा ४९ परियोजना, २७ अर्ब लगानीको सम्झौता

आईएनजीओको कार्यक्रम कति पारदर्शी ? एक वर्षमा ४९ परियोजना, २७ अर्ब लगानीको सम्झौता
अ अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले नेपालमा झन्डै २७ अर्ब रुपैयाँ लगानी गर्नेसम्बन्धी परियोजना सम्झौता गरेका छन् । समाज कल्याण परिषद्का अनुसार आर्थिक वर्ष २०७५÷७६ मा आईएनजीओले ४९ परियोजनाका लागि २६ अर्ब २५ करोड ४७ लाख ९१ हजार ४ सय ६२ रुपैयाँ ४७ पैसा लगानी गर्ने स्वीकृति पाएका छन् । आईएनजीओको त्यति धेरै लगानीको पारदर्शितामा भने बारम्बार प्रश्न सिर्जना हुने गरेको छ ।

आईएनजीओहरूले स्वास्थ्य, शिक्षा, बाल कल्याण, मानव बेचविखन, कृषि तथा पशुपालनलगायतका परियोजनामा खर्च गर्ने गरी सम्झौता गरेको परिषद्का सूचना अधिकारी दुर्गाप्रसाद भट्टराईले बताए । एक वर्षदेखि ५ वर्षसम्मका यी परियोजना हाल सञ्चालनमा रहेको पनि उनले बताए ।

‘विगतको तुलनामा गत वर्ष आधाभन्दा कम संख्यामा परियोजना सम्झौता भएको हो । यो संगै आईएनजीओको लगानीमा पनि उल्लेखनीय कमी आएको छ,’ सूचना अधिकारी भट्टराईले भने, ‘अघिल्लो आर्थिक वर्षमा आईएनजीओहरूको लगानीमा झन्डै ८० वटा परियोजनाको सम्झौता भएको थियो । यसका लागि झन्डै ४६ अर्ब रुपैयाँ लगानी गर्ने स्वीकृति परिषद्बाट पाएका थिए ।’

आईएनजीओले नेपालमा लगानी गर्न स्वीकृत पाएका परियोजनाहरू गैरसरकारी संस्था (एनजीओ) मार्फत कार्यान्वयन गर्ने गरिन्छ । यसरी लगानीमा कमी आउनुको प्रमुख कारण भूकम्प पुनर्निर्माणसम्बन्धी परियोजनाहरू सम्पन्न हुँदै जानु रहेको परिषद्ले जनाएको छ । तर, स्रोतका अनुसार सरकारले आईएनजीओहरूमाथि कडाइ गर्ने खालका ऐन नियम ल्याउने तयारी गरेसँगै ती संस्थाले आफ्नो लगानी कम गर्दै लगेका हुन् ।

सरकारले विभिन्न विवादित गतिविधिमा आईएनजीओको लगानी रहेको पाइएपछि ती संस्थामाथि कडाइ गर्ने तयारी गरेको बताइएको छ । आईएनजीओबाट सञ्चालित परियोजनाको उपलब्धि हालसम्म सन्तोषजनक नै रहेको उनीहरूले दाबी गर्दै आएका छन् ।

अनुगमन तथा मूल्यांकनको व्यवस्था

परिषद्ले आईएनजीओहरूको परियोजना कार्यक्रम स्वीकृत गराएको÷नगराएको अनुगमन तथा मूल्यांकन गर्ने गरेको छ । यसका लागि आईएनजीओ र एनजीओहरूको संयुक्त रूपमा परियोजना सञ्चालन गरिरहेका कार्यक्रम र एनजीओ मात्रको कार्यक्रमलाई अनुगमन गर्न छुट्टै ‘अनुगमन तथा मूल्यांकन कार्यविधि २०७१’ प्रचलनमा छ ।

अनुगमनका लागि केन्द्रदेखि स्थानीय तहसम्म विश्लेषण गर्ने र प्रगति समीक्षा गर्ने गरिन्छ ।प्रत्येक वर्ष परियोजनाको प्रगति विवरण पेस गर्नुपर्ने व्यवस्था छ । कार्यविधिअनुसार मूल्यांकनका क्रममा परियोजनाको समयावधिअनुसार मध्यावधि मूल्यांकन र अन्तिम मूल्यांकन गर्ने गरिन्छ ।

मूल्यांकनका क्रममा चित्तबुझ्दो कार्यसम्पादन नभेटिएमा परिषद्ले ४ सदस्यीय समिति बनाई ६० दिनसम्मको समयावधि दिएर प्रतिवेदन तयार गर्न लगाइन्छ । सोही प्रतिवेदनका आधारमा सचेत गराउने र सुधारका लागि पहल गर्ने गर्दछ । ठूला प्रकारका कारबाहीको व्यवस्था भने नरहेको परिषद्ले जनाएको छ ।, समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।