२२ भाद्र २०८३, सोमबार
,
Latest
राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सिडी फोर’ मेसिन नहुँदा एचआइभी संक्रमित समस्यामा



अ+ अ-

काठमाडौं । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एचआइभी एड्सजस्ता घातक रोग परीक्षण गर्ने ‘सिडी फोर’ मेसिन नहुँदा बिरामीको उपचारमा समस्या भएको छ । विगत ६ महिनादेखि सरुवा रोग अस्पतालमा ‘सिडी फोर’ मेसिन छैन ।

एड्स लागेका थुप्रै व्यक्ति टेकु अस्पतालमा भर्ना भएका छन् । तर, ‘सिडी फोर’ मेसिन नहुँदा उपचारमा समस्या देखिएको अस्पतालका प्रवक्ता डा.अनुप बास्तोलाले बताए । ‘१०० भन्दा तल सिडी फोर गए थप नयाँ रोग चिकित्सकले खोज्ने गर्छन् । एचआइभीका कारण शरीरका कोषिका घटेर जान्छ । त्यसको मोनिटरिङ (जाँच) गर्न सिडी फोर मेसिन आवश्यक हुन्छ,’ डा. बास्तोलाले भने ।

रगतमा सिडी फोरको मात्रा पाँच सयदेखि १५ सय परक्युबिक मिलिलिटरसम्म हुन्छ । यो घटेर दुई सय परक्युबिक मिलिलिटर भएमा एचआइभी एड्स जनाउने अवसरवादी रोग हेरिन्छ । त्यसैगरी, एक सय परक्युबिक मिलिलिटरभन्दा तल सिडी फोर गए थप नयाँ रोगका बारेमा चिकित्सकले खोजी गर्नेछन् । बास्तोलाका अनुसार कसैको सिडी फोर ३५० भन्दा कम भए कोट्रिमोक्साजोल (एन्टिबायोटिक) दिने गरिन्छ ।

चिकित्सकका अनुसार एचआइभी संक्रमितपछि आवश्यकतानुसार रक्त परीक्षण गराई सिडी फोर गणना गरिन्छ । रगतमा सिडी फोरको गणना ३०० सयभन्दा कम देखिएमा संक्रमितले एआरबी एन्टी रेडरो भाइरल औषधि सेवन गर्नुपर्छ ।, समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।