१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

चाडपर्व लक्षित बजार अनुगमन प्रभावकारी बनाइने

चाडपर्व लक्षित बजार अनुगमन प्रभावकारी बनाइने
अ अ+ अ-

पोखरा । गण्डकी प्रदेश सरकारले नजिकिँदै गरेका दशैं तिहारलगायतका चार्डपर्व लक्षित गरी बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ । सरकारका तर्पmबाट आइतबार यहाँ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं भौतिक विकास तथा पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले चाडपर्वका समयमा हुनसक्ने कालोबजारी, मिसावटलगायतका गतिविधि नियन्त्रण गर्न बजार अनुगमन गर्ने निर्णय गरेको जानकारी दिए ।

बजार अनुगमनका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई जिम्मेवारी दिइएको जानकारी दिँदै उहाँले मन्त्रिपरिषद् बैठकबाट बजार अनुगमन नियमावली– २०७६’ स्वीकृत गरिएको बताए । डेङ्गु नियन्त्रणका लागि प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले सरकारका तर्पmबाट रु २१ लाख सामाजिक विकास मन्त्रालयलाई दिइसकेको र आवश्यकताअनुसार सहयोग गर्दै जाने बताए ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७६ स्वीकृत गरेको बताउँदै प्रवक्ता बस्नेतले योजना छनोटमा सानातिना टुक्रे योजना नपर्ने व्यवस्था गरिएको बताए । उनका अनुसार रु २५ लाखका दुई वटा, रु दुई लाखका पाँच वटा र एक लाखका तीन वटा योजना छनोट गर्न पाइने छ । कूल रकममध्ये दुई ठूला योजनामात्र पनि सञ्चालन गर्न सकिने कार्यविधिमा उल्लेख छ ।

मन्त्रिपरिषद्ले प्रदेशका सबै मन्त्रालयको वार्षिक कार्यक्रम कार्यान्वयनसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ । कार्यविधिअनुसार अधिकांश योजनाका बोलपत्र कात्तिक मसान्तमा निकालिसक्नुपर्ने, विकास बजेट पहिलो चौमासिकमा १५ प्रतिशत, दोस्रोमा ३५, तेस्रोमा ४५ देखि ५० प्रतिशत खर्च गरिसक्नुपर्ने व्यवस्था छ ।

बैठकले सेवा करारमा प्राविधिक जनशक्ति छनोटसम्बन्धी कार्यविधि २०७६ पारित गरेको छ । प्रदेशमा आवश्यकताको ८० प्राविधिक अपुग रहेको बताउँदै मन्त्री बस्नेतले ल्याब, टेक्निसियन, सब इञ्जिनीयर र इञ्जिनीयरलगायत प्राविधिक करारमा नराखे विकास निर्माण प्रभावित हुने देखिएको बताए ।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई पूरा गर्न त्यही किसिमका कार्यक्रमलाई अघि बढाउने बताउँदै यसको प्रभावकारिताका लागि बैठकले कार्यविधि स्वीकृत गरेको जानकारी दिए ।