१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्ग्लिश प्रिमियर लिगः अग्रता जोगाउँन नसक्दा आर्सनल बराबरीमा रोकियो



अ+ अ-

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आइतबार राति भएको खेलमा आर्सनल वाट्फोर्डसँग २–२ गोलको बराबरीमा रोकिएको छ । वाट्फोर्डको मैदानमा २ गोलको अग्रता जोगाउन नसक्दा आर्सनल बराबरीमा रोकिएको हो ।

आर्सनलका पेरिक एम्रिक आबुमियाङले दुई गोल गर्दा । वाट्फोर्डका टम क्लेभर्ली र रोबर्टो पेरेयाराले एक एक गोल गरेका थिए । आबुमियाङले खेलको २१ औं मिनेटमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

३२ औं मिनेटमा आबुमियाङले नै पुनः व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई २–० को अग्रता पनि दिलाए ।तर, दोस्रो हाफमा वाट्फोर्डको लागी खेलको ५३ औं मिनेटमा क्लेभर्लीले गोल गर्दै खेल २–१ मा पुर्याए ।

तर रोबर्टोले खेलको ८१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याउदै वाट्फोर्डलाई हार हुनबाट जोगाइदिए । वाट्फोर्डले ५ खेलमा २ अंक जोडेको छ । पुछारको वाट्फोर्डको यो दोस्रो बराबरी हो ।

बराबरीको खेलसंगै आर्सनलले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । आर्सनलले ५ खेलबाट ८ अंक जोडेको छ र लिगको सातौं स्थानमा रहेको छ ।