१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि बुढालाई



अ+ अ-

खलङ्गा । जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ जुम्लाका धीरबहादुर बुढाले प्रथम भइ प्राप्त गरेका छन् । दोस्रो पटक आयोजना गरिएको म्याराथनमा जुम्लाकै धीरेन्द्र भण्डारीले दोस्रो स्थान हासिल गर्न सफल भए भने त्रिभुवन आर्मी क्लबका देवराज महतारा तेस्रो स्थान हासिल गर्न सफल भएको कर्णाली स्पोट्स क्लब जुम्लाले जनाएको छ ।

क्लबका अध्यक्ष सरोज शाहीका अनुसार बुढाले जुम्लादेखि रारा तालसम्मको ४९ किलोमिटर दूरी पाँच घण्टा १३ मिनेट ३९ सेकेण्डमा पूरा गरेका छन् । यस्तै दोस्रो स्थान हासिल गरेका भण्डारीले पाँच घण्टा १९ मिनेट ३८ सेकेण्डमा निर्धारित समय पूरा गरे भने त्रिभुवन आर्मी क्लबका महताराले पाँच घण्टा २४ मिनेटमा पूरा गरेका हुन् ।

यस्तै महिलातर्फको प्रतियोगितामा कर्णाली स्पोट्स क्लब जुम्लाकी राममाया बुढाले उपाधि प्राप्त गरे । क्लबकै मञ्जु रावत दोस्रो र २४ नम्बर बाहिनी जुम्लाकी रोजिना भण्डारीले तेस्रो स्थान हासिल गरे । मुगुको रारा तालबाट अध्यक्ष शाहीले प्रथम स्थान हासिल गरेकी बुढाले छ घण्टा ४६ मिनेट ३५ सेकेण्डमा निर्धारित समय पूरा गरेको बताए ।

यसैगरी रावतले छ घण्टा ४६ मिनेट ४० सेकेण्डमा र भण्डारीले छ घण्टा ४६ मिनेट ५७ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए । सो प्रतिष्पर्धामा रहेका ६३ जना मध्ये ६१ जनाले दुरी पार गरे । दोस्रो पटक आयोजना गरिएको म्याराथनमा पहिलो पाँच जना विदेशी खेलाडीले समेत सहभागिता जनाएका थिए ।

म्याराथनका प्राविधिक संयोजक तथा एथ्लेटिक्स धावक हरिबहादुर रोकायाले जुम्ला–रारा अल्ट्रा म्याराथनको पुरुष र महिलातर्फ उत्कृष्ट छ जना नेपाल टेल रेस सिरिजको फाइनलमा प्रवेश गरेको बताए । प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई जनही रु ७५ हजार, ५० हजार र २५ हजार पुरस्कार र मेडल प्रदान गरिएको आयोजकले जनाएको छ ।