१६ असार २०८३, मंगलवार
,
Latest
काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटहरीका मेयर चौधरीविरुद्ध मुद्दा दायर



अ+ अ-

इटहरी । अदालतको अवहेलना गरेको भन्दै इटहरी उपमहानगरपालिकाका मेयर द्धवारिकलाल चौधरीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ। उच्च अदालत विराटनगरमा दुर्गा कुमारी प्रसाईं, कमला चौलागाईं र खडानन्द आचार्यले मेयर चौधरीलाई कारबाहीको माग गर्दै मुद्दा दायर गरेका हुन्।

मेयर चौधरीले गत भदौ २६ गते उच्च अदालत विराटनगरले गरेको आदेशपत्र च्यातेपछि मेयर चौधरीलाई हदैसम्मको कारबाहीको माग गर्दै मेयर चौधरीलाई विपक्षी बनाई आइतबार मुद्दा दायर भएको हो।

निवेदकहरुको आफ्नो निजी जग्गामा जथाभाबी ड्रेन र कल्भर्ट खन्ने काम भएकोले सो कार्य रोक्नको लागि अदालतले अन्तरीम आदेश दिएको पत्र बुझाउन गएका निवेदकहरुकै हातबाट खोसेरमेयर चौधरीले आदेशपत्र च्यातेका थिए। इलाका प्रहरी कार्यालय पकलीका प्रहरी हवल्दार पर्शुनारायण सिंहकै अगाडि उनले सो पत्र च्यातेका थिए।

आदेशपत्र च्यातेर अदालतको अवहेलना गरेको साथै सरकारी खर्चमा जथाभाबी निजी जग्गा खनेको भन्दै अदालतमा निवेदन दिएको निवेदकहरुको भनाइ छ। कल्भर्ट वा बाटो बनाउने योजनाको फाइल माग्दा मेयर चौधरीले ुकिन चाहियोु भन्दै हप्काउने गरेको निवेदनमा उल्लेख गरिएको छ। साथै उनले आफ्नो अनुमतिबिना कुनैपनि कागजात नदिन निर्देशन दिएको निवेदनमा उल्लेख छ।