१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

नेकपालाई भोट हालेका जनता नै अहिले पछुताएका छन्– सहमहामन्त्री डा.महत

नेकपालाई भोट हालेका जनता नै अहिले पछुताएका छन्– सहमहामन्त्री डा.महत
अ अ+ अ-


काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले अघिल्लो चुनावमा कम्युनिष्टहरुलाई भोट दिएका जनता नै अहिले आएर पछुताइरहेको बताएका छन् ।


नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा. ३ द्वारा आयोजित दोस्रो चरणको जागरण अभियानलाई सोमबार बिहान प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री डा महतले भने– चुनवका बेला गर्नै नसक्ने कामका एजेण्डा देखाएर जनतालाई लोभ्याए तर अहिले भोट दिएकै जनता उनीहरुदेखि अवाक भएका छन्, पछुताइरहेका छन् ।


देशैभरि जनताका गुनासा र निराशाको थूप्रो रहेको डा महतले बताए । अहिले जनताले भन्छन्– चुनावका बेला यो र त्यो सबै गर्छाैँ भन्नेजस्तो गरेर हामीलाई झुक्याए, हामीलाई पनि उनीहरुका एजेण्डा रहेछन्जस्तो लाग्यो र भोट हालियो तर होइन रहेछ, हामीलाई भ्रममा पारेका रहेछन् ।


सरकारले एकपछि अर्काे गरी जनविरोधी कामहरु गरिरहेको, भ्रष्टाचारका काण्डैकाण्डमा फसेको तर जनताका आधारभूत आवश्यकताहरुमा भने सरकार सधैँ गौँण बस्ने गरेकोले जनतामा निराशा र आक्रोस उत्तिकै मात्रामा बढिरहेको उनको डा महतले बताए ।


देशमा भ्रष्टाचारले जरो गाढेको, चाडबाड आउन लागेका बेलामा जनताको ढाड सेक्ने गरी महंगी बढिरहेको तर सरकारले देखेर पनि नदेखेजस्तो गरेको भन्दै सरकारका यस्तै क्रियाकलापको भण्डाफोर गर्न र जनताका गुनासा र उनीहरुका समस्याहरु बुझ्न पनि काँग्रेसले दोस्रो चरणको अभियान चलाएको उनले बताए ।


सरकारका यस्तै क्रियाकलापहरुले पनि यतिखेर काँग्रेसका नेता कार्यकर्ताहरुलाई सक्रिया र एकजुट बनाएका उनको भनाई थियो ।


उनले भने– चुनावको केही दिन सम्म त हाम्रै साथीहरु पनि आफ्नै पार्टीका यसका र उसका कारणले चुनाव हारेको या पार्टी पछि परेको भनेर टिकाटिप्पणी गर्ने गरेका थिए तर अहिले भने सरकारका ज्यादति देखेर आफै जनताको पक्षमा सक्रिय भएर लागेका छन् ।


नेपाली काँग्रेसले नेपालगन्जमा गरेको शान्तिपूर्ण सभामा भित्रै पसेर सांघातिक हमला गरेर स्थानीय नेताहरुलाई घाइते बनाएको घटना नै वर्तमान सरकारको अधिनायकवादी चरित्रको एक उदाहरण भएको डा.महतले बताए ।


उनले सरकारका यी र यस्तै समस्याहरुप्रति हिजो साँझ बालुवाटारमै पुगेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी उनले दिए ।


हामीले सरकारका यी समग्र क्रियाकलापहरुका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौँ र प्रधानमन्त्रीले पनि विपक्षी दलको आवाज सुनेरै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।
मतका आधारमा काँग्रेस अहिले पनि देशको सबैभन्दा ठूलो पार्टी रहेको उनले बताए । उनले भने– विसं २०७० को चुनावमा २९ प्रतिशत मत ल्याएको काँग्रेस पछिल्लो चुनावमा ३६ प्रतिशत मत पाएको छ र काँग्रेस नै सबै भन्दा धेरै मत ल्याउने पार्टी हो ।