२२ श्रावण २०८३, शुक्रबार
,
Latest
ढल्केवर ट्रमा सेन्टर निर्माणको अवस्थाबारे सदनलाई जानकारी दिन सरकारलाई सभामुखको निर्देशन हेटौँडा उपमहानगरमा ‘शून्य फोहर’ महाअभियान सुरु ढल्केवरमा प्रश्तावित ट्रमा सेन्टर योजना अन्यत्र सार्न खोजेको भन्दै सांसद यादवको आपत्ति काँग्रेस बलियो भए मात्र लोकतन्त्र जोगिन्छः महामन्त्री पौडेल ढल्केवर ट्रमा सेन्टर स्थानान्तरण गर्ने निर्णयको विरोधमा आन्दोलनको घोषणा पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने संविधान पुनर्लेखन होइन, अभ्यासका आधारमा परिमार्जन आवश्यक छः आङदेम्बे ५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी गंगालाल हृदय केन्द्रको निर्देशकमा प्रा.डा.आशिष गोविन्द अमात्य नियुक्त वर्तमान सरकारले उत्पीडित वर्गको भावना सम्बोधन गर्न सकेनः नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोजगारी सिर्जनाका लागि सरकार–निजी क्षेत्र सहकार्य गर्ने



अ+ अ-

काठमाडाैँ । रोजगारी सिर्जना तथा रोजगार इकोसिस्टम निर्माणलाई प्रभावकारी बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्यलाई संस्थागत गर्ने सहमति भएको छ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा बिहीबार विभिन्न व्यवसायी महासङ्घ तथा सङ्घका पदाधिकारीसँग बसेको बैठकले उद्योग तथा व्यवसायको वास्तविक जनशक्ति आवश्यकताअनुसार सीपमूलक तालिम सञ्चालन गर्ने तथा तालिमप्राप्त जनशक्तिलाई प्रत्यक्ष रूपमा रोजगारीसँग आबद्ध गर्ने विषयमा सहकार्य गर्ने निर्णय गरेको हो।

बैठकमा श्रम बजारको माग र उपलब्ध सीपबीच तादम्यता कायम गर्दै दक्ष जनशक्ति उत्पादन र रोजगारका अवसर विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

छलफलका क्रममा निजी क्षेत्रसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै उद्योग तथा व्यवसायलाई आवश्यक पर्ने जनशक्ति उत्पादनमा केन्द्रित तालिम सञ्चालन गर्ने, तालिम पूरा गरेका युवालाई प्रत्यक्ष रोजगारीसँग जोड्ने र श्रम बजारको आवश्यकता अनुरूप सीप विकास कार्यक्रम सञ्चालन गर्ने विषयमा जोड दिइएको थियो।

बैठकले सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद, समन्वय र सहकार्यलाई संस्थागत रूपमा अघि बढाउँदै रोजगारी सिर्जना, उत्पादकत्व अभिवृद्धि तथा दक्ष जनशक्ति विकासका लागि संयुक्त रूपमा काम गर्ने निर्णय गरेको छ।