१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

निकुञ्जमा बाघले बढायो पर्यटक

निकुञ्जमा बाघले बढायो पर्यटक
अ अ+ अ-

बाँके । बाँकेमा निकुञ्ज स्थापना भएपछि प्रत्येक वर्ष बाघको सङ्ख्या बढ्दै गएको छ । विसं २०६७ मा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि बाघलगायतका वन्यजन्तुको संरक्षण हुँदै आएको छ । सन् २०१३ मा बाघ गणना हुँदादा बाँकेमा जम्मा चार वटा बाघ भेटिएकामा सन् २०१८ मा गणना हुँदा वयस्क बाघको सङ्ख्या २१ पुगेको हो ।

छोटो समयमै बाघ संरक्षणमा निकुञ्जले सफलता हात पारेको छ । निकुञ्जमा उचित सुरक्षा, बासस्थान, चित्तल, बँदेल, जरायो, लगुनालगायतका बाघका आहाराजन्य वन्यजन्तु वृद्धि भएसँगै बाघको सङ्ख्या पनि बढ्दै गएको हो । “निकुञ्ज घुम्न जाने पर्यटकमध्ये धेरैले बाघ देख्न पाएका छन् । बाघ देखिएका कारण पर्यटक आउनेक्रम बढेको छ”, बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले भन्नुभयो ।

उहाँका अनुसार बाघ अवलोकनका लागि निकुञ्ज सफल बनेको छ । पर्यटक आगमनले यहाँ छेउछाउमा होटल निर्माण बढेको छ । चोरी सिकारी नियन्त्रण हुँदै गएपछि बाघको सङ्ख्या बढेको हो । उचित आहारा, सुरक्षा र प्राकृतिक बासस्थानका लागि उत्तम मानिएको निकुञ्जमा पछिल्लोपटक बाघको सङ्ख्या बढ्दै गएको हो । पर्यटन व्यवसायी कृष्ण चौधरीले बाघलगायतका वन्जजन्तु सहजै देखिने गरेको बताउनुभयो ।

“यहाँ बाघ, गैँडा, हात्ती सहजै देख्न सकिन्छ”, उहाँले भन्नुभयो, “वन्यजन्तु हेर्न मन पराउने पर्यटकको सङ्ख्या बढेको छ ।” निकुञ्जमा आव २०७५/०७६ मा १४८ नेपाली, ११ सार्क र एक विदेशीसहित १६० पर्यटकले निकञ्ज घुमेका छन् । निकुञ्जमा पर्यटक बढेसँगै राजस्वमा वृद्धि भएको सहायक संरक्षण अधिकृत थपलियाले बताउनुभयो । आव २०७५/०७६ मा रु एक करोड चार लाख ४९ हजार ९८२ राजस्व सङ्कलन भएको छ ।

यस्तै निकुञ्जमा पछिल्लो तीन आर्थिक वर्षमा २०० वन्यजन्तु मारिएका छन् । निकुञ्जमा आव २०७३/०७४ मा ८३ वटा, आव २०७४/०७५ मा ७२ वटा र आव २०७५/०७६ मा ४५ वटा वन्यजन्तुको सडक दुर्घटनाबाट मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत थपलियाले बताउनुभयो । निकुञ्जले आव २०७५/०७६ मा ४३१ वटा र आव २०७४/०७५ मा ११ वटा वन्यजन्तु उद्धार गरेको छ ।

यस्तै वन्यजन्तुको चोरीसिकार तथा अवैध व्यापारका ५४ थान मुद्दा बाँके राष्ट्रिय निकुञ्जमा दर्ता भएका छन् । निकुञ्जमा दर्ता भएकामध्ये ३७ थान मुद्दा बाँके जिल्ला अदालतमा पठाइएको छ । सत्र वटा निकुञ्जमा दर्ता भएका छन् । यी मुद्दा अदालतमा दर्ता भई विचाराधीन अवस्थामा छन् । निकुञ्जका अनुसार चोरी सिकार गरेको आरोपमा ३३८ जना पक्राउ परेका छन् ।

आव २०७५/०७६ मा जिल्ला वनतर्फ ३४ वटा मुद्दामध्ये १४ मुद्दा जिल्ला अदालत र २० वटा मुद्दा वन कार्यालयमा दर्ता भएका छन् भने १२७ व्यक्ति पक्राउ परेका छन् । अदालतमा दर्ता भएका मुद्दा फैसला भने हुन सकेका छैनन् । निकुञ्जमा रहेका कतिपय मुद्दामा छलफल तथा बहस भए पनि मुद्दा फैसला हुन नसकेको निकुञ्जले जनाएको छ ।

यस्तै निकुञ्जमा दुई आवमा रु ७५ लाख २१ हजार ११४ वन्यजन्तुपीडितलाई उपलब्ध गराइएको छ । निकुञ्जमा रहेका वन्यजन्तुबाट भएको क्षतिबापत आव २०७४/०७५ मा रु १४ लाख २८ हजार ७२ र आव २०७५/०७६ मा रु ६० लाख ९३ हजार ४२ उपलब्ध गराइएको हो । त्यस्तै आव २०७५/०७६ मा ४१८ घरधुरी र आव २०७४/०७५ मा ३०५ घरधुरीमा वन्यजन्तुले क्षति पुर्याएको निकुञ्जले जनाएको छ ।