१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाको बैठक चल्दै



अ+ अ-

काठमाडौं । आइतबारदेखि अवरुद्ध राष्ट्रियसभाको बैठक आजबाट सञ्चालन भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले हिजोको राष्ट्रियसभाको बैठक बाँके जिल्लाको घटनालाई लिएर अवरुद्ध गरेको थियो ।

बैठकमा काङ्ग्रेसले बाँके जिल्लाका आफ्ना सभापति किरण कोइरालामाथि आक्रमण गर्ने दोषीउपर कारवाही नभएसम्म बैठक चल्न नदिने भन्दै बैठक अवरुद्ध गरेको थियो ।

सोही घटनालाई लिएर हिजोको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सदनमा जवाफसमेत दिनुभएको थियो तर काङ्ग्रेस सांसदहरुले चित्त बुझ्दो जवाफ नआएको र दोषीउपर कारवाही नहुँदासम्म सदन चल्न नदिने भन्दै हिजै बसेको दोस्रो बैठकसमेत अवरुद्ध गर्नुभएको थियो । हिजै प्रहरीले सो घटनाका सम्बन्धमा जाहेरी दर्ता गरेकाले आजको बैठक भने काङ्ग्रेसले सञ्चालन गर्न दिएको हो ।

राष्ट्रियसभाको आजको बैठकको शुरुमै राष्ट्रियसभाका अध्यक्षसँग समय मागेर नेपाली काङ्ग्रेसका सांसद अनिता देवकोटाले बाँके घटनाको विषयलाई लिएर हिजोको बैठक अवरुद्ध हुन पुगे पनि हिजो नै प्रहरीले जाहेरी दर्ता गरेकाले आजको बैठक सञ्चालन गर्न दिएको बताउनुभयो ।

बाँके जिल्लाको खजुरामा यही भदौ २६ गते नेपाली काङ्ग्रेसको जिल्ला सभापति किरण कोइरालाको हात भाँच्चिने गरी आक्रमण भएको थियो । सोही विषयलाई लिएर हिजो संसद् अवरुद्ध भएको थियो ।