१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई करोड राजश्व सङ्कलन



अ+ अ-

पाँचथर । जिल्ला प्रशासन कार्यालय पाँचथरले एक वर्षको अवधिमा रु दुई करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । राहदानी बनाएर मात्रै आव ०७५/७६ मा रु एक करोड ९५ लाख ९५ हजार राजश्व रकम सङ्कलन भएको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताउनुभयो ।

साधारण सिफारिसतर्फ एक हजार १४० महिला र दुई हजार २२९ पुरुष गरी जम्मा तीन हजार ३६९ ले राहदानी बनाएका छन् । यसमा द्रुत सिफारिसतर्फ महिलाले ५११ र पुरुषले दुई हजार २२९ गरी जम्मा तीन हजार ३६९ जनाले राहदानी बनाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै हराएको बिग्रिएको २७५ जनाको रहेको थियो ।

यस्तै प्रशासनिक दण्ड जरिवानाबापत पाँच लाख ७५ हजार ९१८, संस्था दर्ता तथा नवीकरणबाट दुई लाख नौ हजार ७००, हातहतियार नवीकरण तथा नामसारीबाट ५७ हजार, आकस्मिक लाभकरबाट चार हजार ३६३ गरी कूल रु दुई करोड चार लाख ७५ हजार ७६६ राजश्व सङ्कलन भएको छ ।