२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी नेपाल भलिबल लिगः अन्नपूर्णको लगातार दोस्रो जित भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगु लागेका बिरामीले ३ हजार पाउने



अ+ अ-

हेटौँडा । डेंगुको रोग लागेका विरामीलाई मकवानपुरको राक्सिराङ गाउँपालिकाले यातायात र खानाखर्च वापत तीनहजार रुपैयाँ दिने निर्णय गरेको छ। राक्सिराङ गाउँपालिकामा डेंगुको उपचार गर्ने ठूला स्वास्थ्यसंस्था नभएकाले अन्यत्र अस्पतालमा जानुुपर्ने बाध्यता रहेकाले यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

साबिक राक्सिराङ, काँकडा, खैराङ र सरिखेत गाउँ विकास समितिहरु मिलेर बनेको राक्सिराङ गाउँपालिकामा साविकका गाविसतर्फ १र१ स्वास्थ्यचौकीहरु भएपनि डेंगुको संक्रमण भएको पहिचान गर्नकै लागि पनि अन्यत्र जानुपर्ने बाध्यता रहेको छ ।

डेंगु पहिचानको बाध्यतालाई सजिलो पार्नका लागि गाउँपालिकाले हरेक स्वास्थ्यचौकीमा ३०र३० थान डेंगु परिक्षण किट पठाएको स्वास्थ्य संयोजक विजय कापरीले जानकारी दिए ।

हालसम्म राक्सिराङ गाउँपालिकाभित्र वडा नं ३ का २ जना मानिसहरुमा डेंगुको संक्रमण देखिइसकेको छ ।