१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाउनै छाडे माटोका गाग्री, किन भए त लोप !



अ+ अ-

जाजरकोट । चिसो पानी पिउनका लागि प्रयोग गरिने माटोका गाग्री अहिले लोप हुन थालेका छन् ।

पाँच वर्षअघिसम्म जाजरकोट सदरमुकामलगायत जिल्लाका अधिकांश ठाउँमा माटाका गाग्री निकै प्रचलनमा ल्याइन्थ्योे । अहिले गाउँगाउँमा विद्युत् आएसँगै फ्रिजको प्रयोगले माटाका गाग्री हराएका हुन् ।

परिवारका साथै घरमा पाहुना आउँदा वा बटुवाले पानी माग्दा माटाको गाग्रीमा राखिएको चिसो पानी दिने चलन थियो । उक्त गाग्रीको चिसो पानी पिउने सन्तुष्ट हुने गरेको भेरी नगरपालिका– ३ का भीमबहादुर खत्रीले बताउनुभयो । पाहुनाको पहिलो राजाइ नै यस्तै गाग्रीको पानी हुने गरेकाले यसलाई महत्व दिने गरेको उहाँको भनाइ थियो ।

हिजोआज जिल्ला सदरमुकाम मात्र होइन, गाउँगाउँमा समेत त्यस्ता गाग्रीका पानी भेटिदैन । बढ्दो शहरीकरण, देखासिकी र विद्युतीय सामग्रीको प्रयोगले परम्परागतरुपमा स्थापित प्रयोग हुँदै आएका यस्ता सामग्री लोप भएका हुन् ।

कसैको मृत्युका बेला माटोको गाग्रीमा रहेको पानी दिने चलनसमेत हराएको शिवालय–९ का धर्मबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “चर्को घाममा यात्रा गर्दा थाकेको शरीरलाई शीतल बनाउन यसरी चिसो पारिएको पानी पिउन दिइन्थ्यो तर अहिले त्यस्तो पाइँदैन ।” कलधारा र मूलको पानी घरको भुइँतलाको कोठामा चिसो बालुवामा माटाका गाग्री राख्दा पानी चिसो हुने र त्यसबाट स्वाद तथा सन्तुष्टिसमेत हुने स्थानीयवासी बताउँछन् ।

आधुनिकतासँगै सिलाभरका भाँडा सस्तो दरमै बजारमा खरीद गर्न पाइने भएपछि माटोको गाग्रीको प्रयोगमा कमी आएको हो । कलकल बग्ने खोलाको पानी जस्तै चिसो अनि मीठो स्वाद भएको पानी पाउन अब अग्ला लेकतिर लाग्नुपर्ने बाध्यता रहेको बारेकोट गाउँपालिका– ५ का जनकबहादुर शाहीको भनाइ थियो ।

जिल्लाको सबै ठाउँमा अहिले प्लाष्टिकका भाँडा प्रशस्त पाइने, माटाको पानीका भाँडा लिन टाढा जानुपर्ने र यस्ता भाँडा बनाउने कुमाले समुदायले हिजोआज आफ्नो पेशा नै परिवर्तन गर्न थालकाले पनि यस्तो अवस्था आएकोे चौरजहारी नगरपालिकाका गोपाल रेग्मीले बताउनुभयो ।

बिक्री नै हुन छाडेकाले माटाका सामग्री निर्माण गर्नै छाडिएको चौरजहारीका कुमाले मानबहादुरको भनाइ थियो ।