१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

पाउनै छाडे माटोका गाग्री, किन भए त लोप !

पाउनै छाडे माटोका गाग्री, किन भए त लोप !
अ अ+ अ-

जाजरकोट । चिसो पानी पिउनका लागि प्रयोग गरिने माटोका गाग्री अहिले लोप हुन थालेका छन् ।

पाँच वर्षअघिसम्म जाजरकोट सदरमुकामलगायत जिल्लाका अधिकांश ठाउँमा माटाका गाग्री निकै प्रचलनमा ल्याइन्थ्योे । अहिले गाउँगाउँमा विद्युत् आएसँगै फ्रिजको प्रयोगले माटाका गाग्री हराएका हुन् ।

परिवारका साथै घरमा पाहुना आउँदा वा बटुवाले पानी माग्दा माटाको गाग्रीमा राखिएको चिसो पानी दिने चलन थियो । उक्त गाग्रीको चिसो पानी पिउने सन्तुष्ट हुने गरेको भेरी नगरपालिका– ३ का भीमबहादुर खत्रीले बताउनुभयो । पाहुनाको पहिलो राजाइ नै यस्तै गाग्रीको पानी हुने गरेकाले यसलाई महत्व दिने गरेको उहाँको भनाइ थियो ।

हिजोआज जिल्ला सदरमुकाम मात्र होइन, गाउँगाउँमा समेत त्यस्ता गाग्रीका पानी भेटिदैन । बढ्दो शहरीकरण, देखासिकी र विद्युतीय सामग्रीको प्रयोगले परम्परागतरुपमा स्थापित प्रयोग हुँदै आएका यस्ता सामग्री लोप भएका हुन् ।

कसैको मृत्युका बेला माटोको गाग्रीमा रहेको पानी दिने चलनसमेत हराएको शिवालय–९ का धर्मबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “चर्को घाममा यात्रा गर्दा थाकेको शरीरलाई शीतल बनाउन यसरी चिसो पारिएको पानी पिउन दिइन्थ्यो तर अहिले त्यस्तो पाइँदैन ।” कलधारा र मूलको पानी घरको भुइँतलाको कोठामा चिसो बालुवामा माटाका गाग्री राख्दा पानी चिसो हुने र त्यसबाट स्वाद तथा सन्तुष्टिसमेत हुने स्थानीयवासी बताउँछन् ।

आधुनिकतासँगै सिलाभरका भाँडा सस्तो दरमै बजारमा खरीद गर्न पाइने भएपछि माटोको गाग्रीको प्रयोगमा कमी आएको हो । कलकल बग्ने खोलाको पानी जस्तै चिसो अनि मीठो स्वाद भएको पानी पाउन अब अग्ला लेकतिर लाग्नुपर्ने बाध्यता रहेको बारेकोट गाउँपालिका– ५ का जनकबहादुर शाहीको भनाइ थियो ।

जिल्लाको सबै ठाउँमा अहिले प्लाष्टिकका भाँडा प्रशस्त पाइने, माटाको पानीका भाँडा लिन टाढा जानुपर्ने र यस्ता भाँडा बनाउने कुमाले समुदायले हिजोआज आफ्नो पेशा नै परिवर्तन गर्न थालकाले पनि यस्तो अवस्था आएकोे चौरजहारी नगरपालिकाका गोपाल रेग्मीले बताउनुभयो ।

बिक्री नै हुन छाडेकाले माटाका सामग्री निर्माण गर्नै छाडिएको चौरजहारीका कुमाले मानबहादुरको भनाइ थियो ।