२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति



अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीवारको बैठकमा अनुगमन टोलीको कार्यशैली र संसदीय मर्यादाको विषयलाई लिएर चर्काचर्की भएको छ ।

‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ उपर सैद्धान्तिक छलफल गर्न बोलाइएको बैठकमा नेकपा (एमाले) की संसदीय दलकी उपनेता एवं पूर्वमन्त्री पद्मा अर्याल र समिति सभापति हरि ढकालबीच भनाभन भएको हो । बैठकमा विशेष समय लिएर बोल्दै एमाले नेतृ अर्यालले समितिको तर्फबाट इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा गरिएको अनुगमनका क्रममा टोलीको व्यवहार र कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउनु भयो । उहाँले समितिले खटाएको टोली नियमसम्मत र मर्यादित ढङ्गले चल्नुपर्नेमा जोड दिँदै कुनै व्यक्तिको स्वाभिमानमा आँच आउने गरी काम गर्न नहुने बताउनु भयो ।

‘समितिले पठाएको टोलीप्रति समितिले नै जवाफ माग्छ, त्यसमा सभापतिले उत्तर दिनुपर्छ ।’ अर्यालले भन्नुभयो, ‘तर सभापतिले जवाफ दिने ठाउँमा अन्य सदस्यले अपमानित गर्नेगरी बोल्नु संसदीय मर्यादा विपरीत छ । हामी अनुशासित र मर्यादित मान्छेलाई उत्तेजित बनाउने काम नहोस् ।’

उहाँले आफूले कसैलाई व्यक्तिगत आक्षेप नलगाएको प्रस्ट पार्दै समितिलाई थप मर्यादित र अनुशासित बनाउन सभापतिको ध्यानाकर्षण गराउनु भयो । बैठकमा अर्यालले प्रश्न उठाउँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपाने र नेतृ अर्यालबीच केहीबेर सवाल–जवाफ समेत भएको थियो । अर्यालले आफूले सदस्यहरूलाई नभई सभापतिलाई प्रश्न गरेको भन्दै बीचमा अन्य सदस्यले बोल्ने अधिकार नरहेको जिकिर गर्नुभयो ।

जवाफमा समिति सभापति हरि ढकालले समाचारका हेडलाइनका आधारमा मात्र समितिले धारणा नबनाउने स्पष्ट पार्नुभयो । उहाँले अनुगमन टोलीले प्रतिवेदन बुझाइसकेको जानकारी दिँदै उक्त प्रतिवेदन सबै सदस्यले अध्ययन गर्न पाउने बताउनु भयो ।

‘समाचारमा आएका तथ्यभन्दा बाहिरका विषय पनि समितिले फेला पारेको छ ।’ सभापति ढकालले भन्नुभयो, ‘प्रतिवेदन अध्ययन गरिसकेपछि हामी पुनः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई बोलाएर छलफल गर्नेछौँ ।’

विवादका बीच सभापति ढकालले अनुगमनका क्रममा भएका कमजोरी र प्राप्त तथ्यहरूलाई प्रतिवेदनका आधारमा सम्बोधन गरिने प्रतिवद्धता जनाउनुभएको छ । –न्युज एजेन्सी नेपाल