२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियाली सुरक्षा अभियानपछि कम्तीमा ३०८ अपहरित व्यक्तिको उद्धार



अ+ अ-

अबुजा। नाइजेरियाको मध्य क्षेत्रमा सशस्त्र विद्रोहीद्वारा धेरै महिनादेखि बन्धक बनाइएका कम्तीमा ३०८ व्यक्तिलाई खुफिया जानकारीमा आधारित सैन्य कारबाहीपछि उद्धार गरिएको नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले पुष्टि गर्नुभएको छ ।

बुधबार राति जारी विज्ञप्तिमा टिनुबुले यस कारबाहीलाई ‘सफल’ अभियान भन्दै संलग्न सुरक्षाकर्मीको प्रशंसा गर्नुभएको छ ।

पीडितहरू फेब्रुअरी ३ र ४ बीच उत्तर–मध्य राज्य क्वारा र नाइजरमा छुट्टाछुट्टै आक्रमणमा अपहरण गरिएका सयौँ व्यक्तिहरूमध्ये रहेका बताइएको छ ।

विज्ञप्तिअनुसार, उद्धार गरिएकामध्ये करिब १६३ जना क्वारा राज्यको काइआमा स्थानीय सरकार क्षेत्रको वोरो समुदायबाट अपहरण गरिएका थिए भने बाँकी १४५ जना छिमेकी नाइजर राज्यबाट अपहरण गरिएका थिए।

उनीहरूलाई नाइजर राज्यको न्यू बुस्सा क्षेत्रमा रहेको राष्ट्रिय निकुञ्जको वन काइन्जी ताल वरपरको क्षेत्रबाट समन्वित खुफिया जानकारीमा आधारित कारबाहीका क्रममा उद्धार गरियो ।

नाइजेरियाली सरकारले यस अभियानलाई संयुक्त सुरक्षा टोलीद्वारा सञ्चालित ‘सबैभन्दा ठूलो एकदिने उद्धार कारबाही’ भनेको छ, सरकारले यसले देशका सुरक्षा निकायहरूको बढ्दो प्रभावकारिता र समन्वय प्रदर्शन गरेको उल्लेख गरेको छ ।

गत महिना एउटा सैन्य कारबाहीले दक्षिण–पश्चिमी राज्य ओयोको जंगलमा ५६ दिनदेखि बन्धक बनाइएका ४४ विद्यार्थी र शिक्षकहरूको रिहाइ सुनिश्चित गरेको थियो ।

नाइजेरिया आतङ्कवाद, अपहरण, डाँका, सशस्त्र उग्रवाद, साना हतियार तथा हल्का हतियारको व्यापक प्रयोग र किसान र गोठालाबीचको द्वन्द्वलगायत थुप्रै सुरक्षा चुनौतीहरूसँग जुधिरहेको छ । (रासस/सिन्ह्वा)