काबुल । पाकिस्तानका विभिन्न कारागारबाट रिहा भएका ३२५ जना अफगान आप्रवासी कैदी बन्दी अफगानिस्तान फर्किएको जनाइएको छ ।
शरणार्थी तथा स्वदेश फिर्ती मामिला मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यम टोलोन्युजले बिहीबार यो जानकारी सम्प्रेषण गरेको हो ।
पाकिस्तानी हिरासतबाट मुक्त भए पछि उनीहरू तोरखम र स्पिन बोल्दाक सीमा नाका हुँदै स्वदेश प्रवेश गरेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।
स्वदेश फर्कनेमा विभिन्न कारणले फरक–फरक अवधिसम्म पाकिस्तानका कारगारमा राखिएका परिवार, बालबालिका तथा एकल व्यक्ति रहेको जनाइएको छ ।
स्वदेश फर्किएकालाई उनीहरूको गृह क्षेत्रमा पुग्नु अघि आगमनका क्रममा विभिन्न साझेदार संस्थाबाट अत्यावाश्यक तथा आधारभुरत सहयोग उपलब्ध गराइएको जनाइएको छ । रासस/सिन्ह्वा











