२१ श्रावण २०८३, बिहीबार
,
Latest
जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि सरकारले आवश्यक प्रबन्ध र समन्वय गरिरहेको छः गृहमन्त्री गुरुङ लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जना पक्राउ धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने तीन मन्त्रीको उपस्थितिमा किसानका गुनासाः मल, बजार र मूल्य व्यवस्थापनमा तत्काल सुधार चाहियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौँ। ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी तनहुँ ऋषिङ्ग गाउँपालिका-४ ठेगाना भएका अम्मरसिं नेपाली बुधबार राति पक्राउ परेका छन् ।

साउदी अरबबाट नेपाल आगमन हुने क्रममा निजलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

अम्मरसमेत भएको ज्यानसम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा वारदात पश्चात् फरार रहेका उनलाई अन्तरराष्ट्रियस्तरमा खोजतलास गरी पक्राउ गर्नका लागि एनसिबि काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट विसं २०८१ जेठ २४ गते उनीविरूद्ध रेड नोटिस जारी भएको थियो ।

निजलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ । रासस