२१ श्रावण २०८३, बिहीबार
,
Latest
करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि सरकारले आवश्यक प्रबन्ध र समन्वय गरिरहेको छः गृहमन्त्री गुरुङ लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जना पक्राउ धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने तीन मन्त्रीको उपस्थितिमा किसानका गुनासाः मल, बजार र मूल्य व्यवस्थापनमा तत्काल सुधार चाहियो नाइजेरियाली सुरक्षा अभियानपछि कम्तीमा ३०८ अपहरित व्यक्तिको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा



फाइल फोटो
अ+ अ-

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १७३ सवारीसाधनमाथि कारबाही गरेको छ ।

कार्यलयका अनुसार अन्य कसुरमा ८०४ सवारी कारबाहीमा परेका छन् । त्यसपछि सिसिटिभीमार्फत ८०, रेड लाइट उल्लङ्घनमा ५५, लेन मिच्ने ४४, हर्नको दुरुपयोग गर्ने ४१, वनवे उल्लङ्घन गर्ने ३५, अवस्था ठीक नभएका १८, तीव्र गतिमा चलाएका १० र मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएका छ जनामाथि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित निगरानी, सिसिटिभीमार्फत अनुगमन तथा चेकिङलाई थप प्रभावकारी बनाइएको जानकारी दिनुभयो ।

उहाँले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, तोकिएको लेन प्रयोग गर्न, रेड लाइट उल्लङ्घन नगर्न तथा सुरक्षित र जिम्मेवार ढङ्गले सवारी सञ्चालन गर्न आग्रह गर्नुभयो । रासस