१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

मुक्त कमलरीलाई २५००

मुक्त कमलरीलाई २५००
अ अ+ अ-

कञ्चनपुर । उच्च शिक्षामा पहुँच पुर्याउने उद्देश्यले तीन जिल्लाका १६३ मुक्त कमलरीलाई उच्च शिक्षा सहयोग परियोजनाअन्तर्गत सन् २००६ देखि उपलब्ध गराउँदै आइएको छात्रवृत्ति रकमले अहिलेसम्म निरन्तरता पाएको छ ।

उक्त परियोजनाअन्तर्गत कमलरी बालिकालाई बैंकमार्फत उच्च शिक्षाका लागि रु दुई हजार ५०० का दरले छात्रबृत्ति रकम उपलब्ध गराउँदै आइएको प्लान इन्टरनेशनल नेपालका अधिकृत दयाराम चौधरीले बताउनुभयो ।

कक्षा १२ सम्म अध्ययन गर्ने १२६, स्नातक तहमा अध्ययन गर्ने २९ र तीनवर्षे प्राविधिक (स्वास्थ्य) अध्ययन गर्ने सात कमलरीलाई छात्रवृत्ति रकम प्रदान गर्दै आइएको उहाँले जानकारी दिनुभयो ।

अधिकृत चौधरीका अनुसार कञ्चनपुरका कक्षा १२ सम्म अध्ययनरत १७, स्नातक तहमा अध्ययनरत १२ र तीनवर्षे प्राविधिक शिक्षा अध्ययनरत दुई जनालाई पनि छात्रबृत्तिको व्यवस्था गरिएको छ ।

“उच्च शिक्षा अध्ययन गरेका कमलरीलाई सरकारी सेवामा पहुँच पुर्याउन लोकसेवा आयोगको तयारी कक्षाका लागि उक्त परियोजनाअन्तर्गत जनही रु १८ हजारका दरले रकम पनि उपलब्ध गराइँदै आएको र नेतृत्व विकास तथा सशक्तीकरणका लागि तालीम दिने व्यवस्थासमेत मिलाएका छौँ”, अधिकृत चौधरीले भन्नुभयो ।

मुक्त कमलरीलाई सरकारले उच्च शिक्षासम्म निःशुल्क पठनपाठनको व्यवस्था गरिएको जनाए पनि सामुदायिक विद्यालयले विभिन्न शीर्षकका नाममा शुल्क लिँदै आएकाले अध्ययन गर्न नसकेर धेरैले विद्यालय छाड्नुपरेको मुक्त कमलरी विकास मञ्चका केन्द्रीय सदस्य शान्ति चौधरीले बताउनुभयो ।

कमलरीको शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था गरिए पनि हालसम्म स्थानीय तहले बजेट पाउन नसक्दा छात्रवृत्तिको कार्यक्रम अघि बढाउन सकिएको छैन । दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा १३ हजार ८८२ मुक्त कमलरी बालिका रहेकामा एक हजार ३५९ ले मात्रै परिचयपत्र पाएका छन् ।