८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

जीवनरक्षक औषधिको नै चरम अभाव

जीवनरक्षक औषधिको नै चरम अभाव
अ+ अ-

काठमाडौं । नेपाली औषधि बजारमा जीवनरक्षक औषधि अभाव भएको छ । औषधि आयातसम्बन्धी स्पष्ट पैठारी नीति नबनेकाले जटिल प्रकृतिका बिरामीलाई चाहिने अत्यावश्यक जीवनरक्षक औषधि अभाव भएको हो।

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले सरकारी अस्पतालमा जीवनरक्षक औषधिहरूको चरम अभाव देखिएको बताए । उनले भने, ‘यसका लागि विभागले छिटोभन्दा छिटो जीवनरक्षक औषधिका लागि नियम र प्रावधानमा सहजीकरण गर्नुपर्छ ।’

सरकारी अस्पतालमा इन्जेक्सन एट्रोपिन, इन्जेक्सन एड्रेनालिन, इन्जेक्सन सोडियम बाइकार्बोनेट, इन्जेक्सन क्याल्सियम ग्लुकोनेट, इन्जेक्सन पोटासियम क्लोराइड, इन्जेक्सन भिटामिन ‘के’लगायतका अत्यावश्यक जीवनरक्षक औषधिको अभाव देखिएको छ ।

दर्ता प्रक्रिया झन्झटिलो हुँदा बिरामी मारमा

मुख्यतः मुटुको चाल अत्यन्तै कम भएको बेला, शरीरमा क्याल्सियमको मात्रा न्यून भएको बेला र शरीरमा पोटासियमको मात्रा तलमाथि भएको बेला प्रयोग हुने इन्जेक्सनको अभाव भएको हो । यस्तै, अत्याधिक एलर्जी भएर शरीरमा गम्भीर समस्या उत्पन्न हुन नदिन प्रयोग हुने औषधिसमेत अभाव भएको चिकित्सकले बताएका छन् । विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीका अनुसार जीवनरक्षक औषधिहरूको दर्ता प्रक्रिया सहज बनाउने निर्णय भएको भन्दै कार्यान्वयनमा आउने बताए ।

उनले भने, ‘एक सय एमएल वा सोभन्दा माथिका लार्ज भोलुम प्यारेन्टेरेल्सहरू दर्ता हुने गरेको छ । तर, क्रिटिकल केयरका लागि प्रयोग हुने एक सय एमएल वा सोभन्दा कम भोलुम भएकाहरू दर्ता हुँदैनन् त्यसैले औषधि पैठारीसम्बन्धी नीति सहज बनाउन आवश्यक देखिन्छ ।’ विभागले २०७४ सालदेखि हरेक वर्ष जीवनरक्षक औषधिको आयात गर्ने भन्दै निरीक्षण गर्दै आएको छ ।

सरकारले आयातकर्तासँग सोका लागि राजस्वसमेत लिँदै आएको छ । तर, विभागले पैठारी नीति स्पष्ट नभएको भन्दै जीवनरक्षक औषधिहरू दर्ता गर्न मानेको छैन । औषधि आयातकर्ताका अनुसार भारतको फार्मासहिदामको नाम दिँदै भारतको सरकारी अस्पतालहरूमा उत्पादकहरूले आपूर्ति गर्न तोकेको मूल्यलाई नेपालमा सोहीअनुसार विभागले मूल्य निर्धारण गर्दै आएको छ ।

जसको खरिद मूल्य र नियन्त्रित मूल्य लगभग एउटै हुन आउने औषधि आयातकर्ताले जनाएका छन् । औषधि आयातसम्बन्धी स्पष्ट पैठारी नीति नबनेका कारण जीवनरक्षक औषधिको दर्ता गर्न विभागले अटेरी गरेको औषधि आयातकर्ताले बताउँदै आएका छन् । औषधिविज्ञ बाबुराम हुमागाईंले जीवनरक्षक औषधिको विशेष अनुमति दिन सक्ने व्यवस्था औषधि दर्ता नियमावलीमा भए पनि कार्यान्वयन नहुँदा अभाव देखिएको बताए ।

गत ४ असारमा उपचारमा आवश्यक पर्ने कतिपय जीवनरक्षक औषधि बजारमा उपलब्ध नभएको गुनासो बढ्दै गएपछि विभागले अभाव खड्किएका औषधिको विवरण पठाउन आग्रह गरेको थियो । कुनै पनि औषधि आयातकर्ता परिवर्तन हुँदा नयाँको हकमा पुरानो आयातकर्ताले विभागलाई ‘नो अब्जेक्सन लेटर’ दिनुपर्ने प्रावधान छ ।

अभाव देखिएका जीवनरक्षक औषधि

  • इन्जेक्सन एट्रोपिन
  • इन्जेक्सन एड्रेनालिन
  • इन्जेक्सन सोडियम बाइकार्बोनेट
  • इन्जेक्सन क्याल्सियम ग्लुकोनेट
  • इन्जेक्सन पोटासियम क्लोराइड
  • इन्जेक्सन भिटामिन ‘के’

किन खड्कियो अभाव ?

औषधि व्यवस्था विभागका अनुसार अहिले अभाव देखिएका अधिकांश जीवनरक्षक औषधि भारतस्थित ट्रोइका फर्मास्युटिकल र हिन्दुस्थान मेडिसिन प्राईभेट लिमिटेड,पटना विहारले आयात गर्दै आएका छन् । विभागका अनुसार हाल यिनीहरूको वितरण सुचारु भएको छैन । ट्रोइकाको इम्पोटर परिवर्तन भएका कारण समस्या भएको औषधि व्यवस्था विभागले जनाएको छ ।

भारतस्थित ट्रोइका फर्मास्युटिकल र हिन्दुस्थान मेडिसिन प्राईभेट लिमिटेड,पटना विहारले आयात गर्दै आएका छन् । विभागका अनुसार हाल यिनीहरूको वितरण सुचारु भएको छैन । ट्रोइकाको इम्पोटर परिवर्तन भएका कारण समस्या भएको औषधि व्यवस्था विभागले जनाएको छ ।

सीओपीपी (सर्टिफिकेट अफ फर्मास्युटिकल प्रोडक्ट) भएका उत्पादकलाई आह्वान गर्ने र फास्ट ट्रयाकबाट औषधि दर्ता गर्ने योजना रहेको औषधि व्यवस्था विभागले जनाएको छ । ती दुई कम्पनीले ‘रिक्वाइरमेन्ट’ पूरा गरेपछि औषधि आयात गर्न दिने र अरू कम्पनी पनि प्रक्रियागत रूपमा थप गर्दै जाने औषधि व्यवस्था विभागको योजना छ ।

आयातकर्ता परिवर्तन गर्दा केही समय समस्या हुने भए पनि अभाव देखिएका जीवनरक्षक औषधि ट्रोइकाको नाममा रजिस्ट्रेसन नभएको ट्रोइका फर्मास्युटिकलले राजधानीलाई जनाएको छ । विभागले आर्थिक वर्ष २०७४/७५ मा हिन्दुस्थान फर्मास्युटिकल्सलाई निरीक्षण गर्ने निर्णय गरेको थियो । तर, सो फर्मास्युटिकल निरीक्षणका क्रममा फर्मास्युटिकलले असहयोग गरेकाले उसको लाइसेन्स फिर्ता गर्न विभागले पत्राचार गरेको थियो ।

जीवनरक्षक औषधिहरू पटके सिफारिसका आधारमा धमाधम ल्याउने गरिएको स्रोतले जनाएको छ । समाचार राजधानी दैनिकबाट