२० श्रावण २०८३, बुधबार
,
Latest
नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेस विद्यार्थीलाई निरन्तर निर्वाचन शिक्षा आप्रवासी लहरपछि सेउटामा बाल संरक्षण सङ्कट गहिरिँदै परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’ जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय ब्रोड पिक हिमपहिरो : निम्स दाइसहित तीन नेपाली आरोहीको शव आधार शिविरमा ल्याइयो १५ औँ महाधिवेशनलाई निष्पक्ष बनाउन संयन्त्र निर्माण गर्नुपर्छः नैनसिंह महर लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि कांग्रेसको एकता अपरिहार्यः रञ्जित कर्ण प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ औँ महाधिवेशनलाई निष्पक्ष बनाउन संयन्त्र निर्माण गर्नुपर्छः नैनसिंह महर



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका नेता नैनसिंह महरले आगामी १५ औँ महाधिवेशनलाई निष्पक्ष र विवादरहित बनाउन पार्टीभित्र विशेष कार्यसम्पादन संयन्त्र निर्माण गर्नुपर्ने प्रश्ताव अघि सार्नुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित ‘देश र काँग्रेस जोड्ने अभियानः एकता र सद्भाव विमर्श’ कार्यक्रममा बोल्दै नेता महरले यस्तो बताउनुभएको हो । पार्टीभित्र कसैलाई निष्कासन गरेको वा कसैले पार्टी छाडेको जस्ता आरोप नलाग्ने गरी आगामी महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । विगतमा विशेष महाधिवेशनका लागि ४० प्रतिशत हस्ताक्षर सङ्कलन भएपनि त्यसले मूर्तरूप लिन नसकेको र निर्वाचन आयोग एवं अदालतको निर्णयपश्चात अब निर्धारित महाधिवेशनकै तयारीमा जुट्नुपर्ने उहाँको भनाइ छ ।

नेता महरले पार्टीका महत्वपूर्ण उपसमितिहरू जस्तै सदस्यता छनोट, निर्वाचन र अनुशासन समितिमा सबै पक्षको न्यायोचित सहभागिता र सर्वसम्मत निर्णय हुनुपर्ने बताउनु भयो । महाधिवेशनलाई पारदर्शी बनाउन पार्टी सभापतिको अध्यक्षतामा १५ सदस्यीय संयन्त्र निर्माण गरी कार्यसम्पादन गर्न सकिने उहाँले विकल्प प्रश्तुत गर्नुभयो । उक्त प्रश्तावित संयन्त्रमा सभापति पक्षको बहुमत रहने र निवर्तमान पदाधिकारीहरूलाई समेत समेटेर महाधिवेशन केन्द्रित विशेष जिम्मेवारी दिन सकिने उहाँको तर्क छ ।

पार्टी एकता र मिलानका लागि भइरहेका प्रयासहरूमा आफ्नो पूर्ण समर्थन रहने प्रतिवद्धता जनाउँदै महरले विगत तीन महिनादेखि भइरहेका एकताका पहलहरूबारे आफू जानकार रहेको उल्लेख गर्नुभयो । आगामी केही महिनाभित्रै महाधिवेशनको प्रक्रिया शुरु हुने भएकाले अब अनावश्यक आन्तरिक विवादमा नअल्झी पार्टीलाई बलियो बनाउनुपर्नेमा उहाँको विशेष जोड छ । –न्युज एजेन्सी नेपाल