७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर

आप्रवासी लहरपछि सेउटामा बाल संरक्षण सङ्कट गहिरिँदै

आप्रवासी लहरपछि सेउटामा बाल संरक्षण सङ्कट गहिरिँदै
Spain Ceuta
अ+ अ-

म्याड्रिड। स्पेनको उत्तर अफ्रिकी क्षेत्र सेउटाको स्थानीय प्रशासनले गत साताको ठूलो आप्रवासी आगमनपछि त्यहाँ रहेका साहाराविहीन बाल आप्रवासीको सङ्ख्या ‘अस्थिर’ अवस्थामा पुगेको भन्दै केन्द्र सरकारसँग तत्काल सहयोगको माग गरेको छ ।

स्पेनी सरकारका अनुसार जुलाई ३० यता सेउटामा प्रवेश गरेका करिब ७२ हजार आप्रवासीमध्ये ७० हजार जनालाई छिमेकी मोरक्को फर्काइएको छ। तर त्यहाँ अझै करिब दुई हजार ५०० आप्रवासी रहेका छन्, जसमध्ये सयौँ साहाराविहीन नाबालिग छन् ।

उनीहरू सीमित खाना, पानी, आश्रय र सरसफाइ सुविधाका बीच कठिन अवस्थामा बस्न बाध्य छन्। सेउटाका प्रमुख जुआन जेसस भिभासले सार्वजनिक प्रसारक आरटीभीइसँग कुरा गर्दै हाल ९० जनाको क्षमता भएको केन्द्रमा करिब एक हजार १०० नाबालिगको हेरचाह भइरहेको बताउनुभयो ।

“यो अवस्था दीगो हुन सक्दैन,” उहाँले भन्नुभयो, “आश्रय केन्द्रहरू अत्यधिक भरिएकाले सार्वजनिक सुरक्षा र व्यवस्थापनमा गम्भीर चुनौती देखिएको छ ।”

सेउटामा स्पेनी सरकारका प्रतिनिधि मिगुएल एन्जेल पेरेजले पनि अझै धेरै नाबालिग सडकमै रहेको स्वीकार गर्दै उनीहरूको संरक्षणलाई पहिलो प्राथमिकता दिइएको बताउनुभयो ।

भिभासले केन्द्र सरकारमार्फत स्पेनका अन्य क्षेत्रबाट सहयोग आवश्यक रहेको दोहो¥याउँदै सङ्कट व्यवस्थापनमा केन्द्र सरकारको प्रतिक्रिया ढिलो र अपर्याप्त भएको टिप्पणी गर्नुभयो ।

बालअधिकार संस्था ‘सेभ द चिल्ड्रेन’का अनुसार सेउटामा अझै करिब एक हजार असुरक्षित साहाराविहीन नाबालिग रहेका छन्। विद्यमान कानुनी व्यवस्थाअनुसार ती बालबालिकालाई स्पेनका अन्य क्षेत्रमा स्थानान्तरण गर्ने प्रयास भइरहेको छ ।

तर विपक्षी पपुलर पार्टी (पीपी) र आप्रवासनविरोधी दल भोक्सको नेतृत्व रहेका केही क्षेत्रीय सरकारले त्यसप्रति असहमति जनाउने सङ्केत गरेका छन् ।

उपप्रधानमन्त्री कार्लोस कुएर्पोले भने सबै क्षेत्रीय सरकारले कानुनअनुसार आफ्नो दायित्व पूरा गर्नुपर्ने बताउनुभएको छ ।

यसैबीच, युवा तथा बालबालिका मन्त्रालयले सेउटालाई साहाराविहीन नाबालिगको व्यवस्थापनका लागि दुई करोड ५० लाख युरो (करिब दुई करोड ९० लाख अमेरिकी डलर) बराबरको आपत्कालीन सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।

मन्त्रालयका अनुसार दुई विद्यालयलाई विशेषगरी साहाराविहीन बालिका आप्रवासीका लागि अस्थायी स्वागत केन्द्रमा रूपान्तरण गरिएको छ । रासस/एएफपी)