१९ श्रावण २०८३, मंगलवार
,
Latest
नेकपा सांसद विकको प्रश्न– जाजरकोट भूकम्पपीडितले अझै कति समय टहरामै बस्नुपर्ने हो ? अर्थतन्त्रको पुनरुत्थान र लगानी विस्तारका लागि बैंकिङ क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिवद्धः अर्थमन्त्री डा. वाग्ले रासायनिक मल वितरण प्रणालीमा सुधार गर्न र निजी क्षेत्रलाई आयातको अनुमति दिन सांसद भण्डारीको माग पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर चिकित्सा शिक्षा आयोगमा निर्देशक नियुक्ति नहुँदा प्रवेश परीक्षा अन्योलमाः सांसद मल्ल हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग मुलुकलाई कसैको प्लेग्राउण्ड बन्न नदिन पनि एउटा सशक्त गुप्तचर निकाय आवश्यकः अमरेशकुमार सिंह सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ शिष्टाचार भेट हिन्दु सम्राट् सेनाप्रति सांसद राईको आपत्ति, सरकारलाई कडा कदम चाल्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत नै रहनुपर्ने कानूनमन्त्रीको अडान



अ+ अ-

काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचरी निकाय) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहनु नै उपयुक्त हुने बताउनुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ उपरको छलफलमा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । विधेयकको सैद्धान्तिक तथा दफावार छलफलका क्रममा मन्त्री गौतमले विभागको कार्यक्षेत्र र महत्वका आधारमा यसलाई गृह मन्त्रालयभन्दा प्रधानमन्त्री कार्यालय मातहत राख्नुपर्ने तर्क गर्नुभयो ।

उहाँले गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमार्फत दैनिक शान्ति सुरक्षा, अपराध अनुसन्धान र आन्तरिक सुरक्षाका पाटोमा काम गर्ने भएपनि ‘इन्टेलिजेन्स’ (गुप्तचरी) त्यसभन्दा माथिल्लो र विशिष्टीकृत विषय भएको स्पष्ट पार्नुभयो । विधेयकको पृष्ठभूमिबारे प्रष्ट पार्दै उहाँले वि.सं. २०४२ देखि गृह मन्त्रालय अन्तर्गत रहेको यो विभागलाई २०७५ सालमा प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको स्मरण गराउनु भयो ।

बीचमा अध्यादेशमार्फत पुनः गृह मन्त्रालयमा लैजाने प्रयास भएपनि प्रतिस्थापन विधेयक आउन नसक्दा कानूनी रिक्तता सिर्जना भएको र सोही रिक्तता पूर्ति गर्न अहिलेको विधेयक ल्याइएको उहाँको भनाइ छ । मन्त्री गौतमले संसदीय व्यवस्थामा प्रधानमन्त्री कार्यपालिकाको प्रमुख हुने र शक्ति प्रत्यायोजन तथा सामूहिक जिम्मेवारीको सिद्धान्तअनुसार विभागलाई प्रधानमन्त्री कार्यालयमा राख्दा थप प्रभावकारी हुने दाबी गर्नुभयो । विभागलाई गृह मन्त्रालयमै फिर्ता लैजानुपर्ने भनी बैठकमा उठेका तर्कहरू पर्याप्त रूपमा वस्तुपरक नभएको समेत उहाँले टिप्पणी गर्नुभयो ।

छलफलका क्रममा मन्त्री गौतमले सरकार राष्ट्रिय अनुसन्धान विभागलाई अझ सशक्त, प्रविधिमैत्री र सक्षम बनाउन प्रतिवद्ध रहेको बताउनु भयो । यद्यपि, हालको संशोधन प्रस्ताव एउटा निश्चित दफा जगाउने विषयमा मात्र केन्द्रित रहेकाले स्थापित संसदीय सीमाभित्रै रहेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । बैठकमा नेपाल विशेष सेवा ऐनको संशोधन र कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदनका सम्बन्धमा समेत छलफल भएको शहो । सरकारले आगामी दिनमा सरोकारवालाहरूसँगको समन्वयमा विभागको सुदृढीकरणका लागि थप काम गर्ने प्रतिवद्धता जनाएको छ ।–न्युज एजेन्सी नेपालक

 




भर्खरै