अ
अ+
अ-
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ बजेबाट सुरु भएको छलफलमा पछिल्लो राजनीतिक अवस्था तथा सुदूरपश्चिम प्रदेशसँग सम्बन्धित समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।
प्रधानमन्त्रीसँगको भेटमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी हुनुहुन्छ ।
छलफलमा सुदूरपश्चिम प्रदेशका समसामयिक राजनीतिक तथा विकास निर्माणका विषयमा समेत विचार–विमर्श भइरहेको जनाइएको छ।
न्यूजपोलार
१९ श्रावण २०८३, मंगलवार ११:५५
न्यूजपोलार
१९ श्रावण २०८३, मंगलवार ११:५५
१९ श्रावण २०८३, मंगलवार ११:५५










