८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

विप्लवको जिल्ला इन्चार्ज प्रमुख र सेक्रेटरीसहित पाँच जना विरुद्द मुद्दा दर्ता

विप्लवको जिल्ला इन्चार्ज प्रमुख र सेक्रेटरीसहित पाँच जना विरुद्द मुद्दा दर्ता
अ+ अ-

भद्रपुर . झापाका विभिन्न स्थानमा बम विष्फोट गराई आतङ्क मच्चाएको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज प्रमुख र सेक्रेटरीसहित पाँच जनालाई पाँच कसुरमा मुद्दा चलाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार पक्राउ परेका पाँचै जनालाई राज्यविरुद्धको कसुर, हातहतियार खरखजाना, सङ्गठित अपराध, विस्फोटक पदार्थ र चन्दा आतङ्कको अभियोग लगाइएको हो ।

प्रहरीका अनुसार पक्राउ परेकामा सो समूहका जिल्ला इन्चार्ज इलाम माङसेबुङ–१ घर भएका ३४ वर्षीय प्रविण मिश्र, जिल्ला प्रमुख हल्दिबारी–५ का ४४ वर्षीय टीका पोखरेल, मकवानपुर भीमफेदी–२ का २६ वर्षीय अनुल सारुमगरलगायत छन् । सोमबार दिउँसो पाँचै जनालाई विर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो । अभियुक्तका साथबाट हतियार र प्रचार सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

मिश्र र पोखरेललाई प्रहरीले विर्तामोडको एक चिया पसलबाट पक्राउ गरेको थियो भने मगरलाई डेराबाट दुई थान कुटवा पेस्तोल, चार राउण्ड गोली, चन्दा सङ्कलन रसिदलगायतका कागजातसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिP ।

उनका अनुसार प्रहरीले यसअघि नै पाँचथर जिल्लाका इन्चार्ज राजु दास, ताप्लेजुङ जिल्लाका इन्चार्ज सागर लिम्बू, मेची ब्यूरो समन्वय समितिको गणेश कार्की, ताप्लेजुङका सेक्रेटरी नरपति पौडेल र ताप्लेजुङ जिल्ला कमिटी सदस्य यामबहादुर लिम्बूलाई पक्राउ गरेको थियो ।