१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता

संसदको अवरोध हट्यो, सरकारले गर्यो कारबाही गर्ने प्रतिवद्धता

संसदको अवरोध हट्यो, सरकारले गर्यो कारबाही गर्ने प्रतिवद्धता
अ अ+ अ-

काठमाडौं । सरकारले बाँके घटनामा संलग्नहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाएसंगै संसद अवरोध हटेको छ ।

संसदको बैठक सुरु हुनासाथ विशेष समय लिदै प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले बाँके घटनामा संलग्नहरुलाई करबाही गर्न किटानी जाहेरी दिएको चार दिन भइसक्दा पनि कारबाही नभएको बताए । यसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सरकारको संरक्षणमा घटनामा संलग्नहरुलाई लुकाइँदैछ भन्ने आशंकालाई बल पुगेको भन्दै उनले भने, ‘घटनाको सही छानविन होस्, दोषीहरुमाथि कारबाही होस् । हामी सरकारको जवाफी चाहन्छौं ।’

लगतै सरकारका तर्फबाट कानूनमन्त्री भानुभक्त ढकालले संसदमा गृहमन्त्रीले सम्बोधन गरेको र शीर्ष नेताहरुबीच भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयंमले दोषीलाई कारबाही गर्ने बचन दिएको स्मरण गराउँदै उनले भने, ‘कारबाहीका लागि दिएको निवेदन दर्ता भएको छ । त्यसमा छानविन गरेर जो संलग्न छन्, उनीहरुलाई कानुनी दायरामा ल्याउने विश्वास दिलाउन चाहन्छु ।’ गल्ती नगरेका कोही नफस्ने र गल्ती गरेरकाहरु कारबाहीको दायरामा आउने उनले बताए ।

कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगत बाँकेको खुजारा नगरपालिका २ सीतापुरमा २५ भदौमा भएको कार्यक्रममा नेकपा कार्यकर्ताले आक्रमण गर्दा बाँके सभापति किरण कोइरालाको हात भाँच्चिएको थियो । प्रहरीले सुरुमा जाहेरी दर्ता गर्न मानेको थिएन ।

यसलाई लिएर कांग्रेस संसद अवरुद्ध गरेपछि जाहेरी दर्ता भयो । त्यसपछि कांग्रेस संसद सुचारु गर्न सहमत भएको थियो । तर, सत्तारुढ नेकपाकै सांसदले वडाध्यक्ष मल्ल निर्दोष भएको र उनीमाथि कारबाही गरिए स्वीकार्य नहुने बताएपछि सोमबार नै सुचारु भइसकेको संसद फेरि अवरुद्ध हुन पुगेको थियो ।