१७ श्रावण २०८३, आईतवार
,
Latest
पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी पशुपतिनाथ महा–महोत्सव २०८३: दैनिक धार्मिक कार्यक्रमले बढायो आध्यात्मिक माहोल आन्तरिक पर्यटन व्यवस्थापन र उच्च उचाइको जोखिम न्यूनीकरणमा जोड : मन्त्री रिमाल नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार ब्रड पिक हिम पहिरो : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनेबारे इप्पानको काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न ‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता



अ+ अ-

काठमाडौं । इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म ढुवानी गरी निर्यात गर्ने एक वर्षे सम्झौता गरेको छ ।

इराकको तेल मन्त्रालयले शनिबार यसबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार सम्झौताअन्तर्गत इराकले उक्त पाइपलाइनमार्फत दैनिक कम्तीमा सात लाख ५० हजार ब्यारेल कच्चा तेल निर्यात गर्नेछ ।

इराकी तेलमन्त्री बासिम मोहम्मद खुदैरले सम्झौता कार्यान्वयनका लागि दुवै देशका सम्बन्धित कम्पनीले काम सुरु गर्ने बताउनुभएको छ ।

इराकी प्रधानमन्त्री अली अल–जैदीले सामाजिक सञ्जाल ‘एक्स’ मा दुवै देशले तेल, विद्युत्, जलस्रोतलगायत आपसी हितका क्षेत्र समेटिएको विस्तृत सहकार्यको ढाँचा तयार गर्ने प्रक्रियालाई अघि बढाउने बताउनुभएको छ ।

टर्कीका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री अल्पार्सलान बायराक्तारले सेहान बन्दरगाह हुँदै विश्व बजारमा इराकी तेल पुर्याउने पाइपलाइन क्षेत्रीय तथा विश्वव्यापी ऊर्जा आपूर्ति सुरक्षाका दृष्टिले रणनीतिक महत्वको रहेको बताउनुभयो ।

सेहानमार्फत इराकी तेल निर्यातसम्बन्धी दशकौँ पुरानो सम्झौताको अवधि सोमबार सकिएपछि नयाँ सम्झौता गरिएको हो ।

‘स्टे«ट अफ होर्मुज’मा बढ्दो क्षेत्रीय तनावले ढुवानीमा असर पार्न सक्ने अवस्थाबीच इराकले तेल निर्यातका वैकल्पिक मार्ग सुरक्षित गर्ने प्रयास गरिरहेको छ । कच्चा तेल निर्यात इराकको अर्थतन्त्रको प्रमुख आधार हो । तेलबाट हुने आम्दानीले देशको कुल राजस्वको करिब ९० प्रतिशत हिस्सा ओगट्ने गर्छ ।