६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग
अ+ अ-

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्य संयोजन समितिको बैठकले तराई–मधेशका पछिल्ला हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष आयोग गठनको माग गरेको छ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सुनसरी, सिरहालगायतका क्षेत्रमा भएका झडपप्रति गहिरो दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

बैठकले घटनाको वास्तविक कारण, झडपका घटनाक्रम तथा स्थानीय प्रशासन र सुरक्षाकर्मीको भूमिकाबारे सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न सरकारसँग आग्रह गरेको छ।

नेकपाले नेपाली समाज धार्मिक, सामाजिक र सांस्कृतिक सहिष्णुता तथा आपसी सद्भावको बलियो आधारमा उभिएको उल्लेख गर्दै वर्तमान परिस्थितिमा सामाजिक एकता कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवालाको भूमिका महत्त्वपूर्ण रहेको जनाएको छ। पार्टीले सामाजिक सद्भाव कायम गर्न भएका प्रयासहरूको स्वागत गर्दै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ।

बैठकले नेपालजस्तो विविधतायुक्त समाजमा सबै जाति, भाषा, धर्म र समुदायबीचको सहअस्तित्व, पारस्परिक सम्मान र विश्वासबाट मात्र राष्ट्रिय एकता सुदृढ हुने उल्लेख गरेको छ। साथै वर्तमान संवेदनशील अवस्थालाई बाह्य शक्तिले उपयोग गर्न सक्ने सम्भावनाप्रति सचेत रहन पनि सबै पक्षलाई आग्रह गरिएको छ।

नेकपाले सरकारको भूमिकाप्रति असन्तुष्टि जनाउँदै परिस्थितिको राजनीतिक संवेदनशीलतालाई सम्बोधन गर्नुको सट्टा प्रशासनिक र शक्ति प्रयोगमा केन्द्रित भएको टिप्पणी गरेको छ। समस्याको समाधानका लागि सरकारलाई नागरिकसँग संवाद बढाउन, सबै सरोकारवालालाई विश्वासमा लिन तथा दिगो राजनीतिक समाधानतर्फ अग्रसर हुन आग्रह गरिएको छ।

बैठकले पछिल्ला घटनाको आडमा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय र संविधानले सुनिश्चित गरेका उपलब्धिलाई कमजोर पार्ने तथा समुदायबीच वैमनस्य फैलाउने कुनै पनि गतिविधिप्रति सचेत रहन सम्पूर्ण नागरिकलाई आह्वान गरेको छ। साथै यस्ता विभाजनकारी प्रयास असफल पार्न लोकतान्त्रिक, प्रगतिशील र देशभक्त शक्तिहरूलाई एकताबद्ध हुन पनि आग्रह गरिएको छ।

यसैगरी, पार्टीले आफ्ना सबै तहका समिति, नेता तथा कार्यकर्तालाई अन्य राजनीतिक दल र संघसंस्थासँग समन्वय गर्दै संवाद, बैठक तथा सद्भाव र्यालीजस्ता कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ।

नेकपाले तराई–मधेशमा देखिएको परिस्थितिलाई राष्ट्रिय हितअनुकूल ढंगले समाधान गर्नुपर्नेमा जोड दिँदै शान्ति, सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको रक्षा गर्न सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकलाई संयम, निरन्तर संवाद र जिम्मेवारीपूर्ण व्यवहारका साथ अघि बढ्न अपिल गरेको छ।