१५ श्रावण २०८३, शुक्रबार
,
Latest
मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल प्रधानमन्त्री शाहद्वारा सुनसरीसहित प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउन योजनाबद्ध प्रयास भइरहेको दाबी मधेसमा उत्पन्न साम्प्रदायिक तनावको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सांसद खालिदको माग भ्रष्टाचारका आरोप प्रमाणित गरेर देखाउन एमाले महासचिव पोखरेलको सरकारलाई चुनौती देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले शव बुझ्न मानेनन् रास्वपा पपुलिजम, अवसरवाद र अराजकताको जगमा उदाएको हो : शंकर पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराई–मधेशको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाहको सांसदहरूसँग छलफल सुरु



अ+ अ-

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरूसँग पछिल्लो सुरक्षा अवस्था र विकसित घटनाक्रमबारे छलफल सुरु गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार सुरु भएको छलफल तराई–मधेश क्षेत्रमा हालै भएका घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा सांसद रहबर अन्सारी, नितिमा भण्डारी (कार्की), रविन्द्र पटेल, मनिष झा, रविन महतो, राजकिशोर महतो, गणेश धिमाल, चन्दन सिंह, विक्रम थापा, मोहनलाल आचार्य, गजाला शमिम मिकरानीलगायतको सहभागिता रहेको छ।

प्रधानमन्त्री शाहले यसअघि शुक्रबार नै मधेश केन्द्रित राजनीतिक दलका नेताहरूसँग पनि छुट्टै छलफल गर्नुभएको थियो। सरकारले पछिल्ला घटनापछि सामाजिक सद्भाव कायम राख्ने, शान्ति–सुरक्षा सुदृढ बनाउने तथा प्रभावित क्षेत्रको अवस्थाबारे निरन्तर परामर्शलाई तीव्रता दिएको जनाएको छ।




भर्खरै