१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल प्रधानमन्त्री शाहद्वारा सुनसरीसहित प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउन योजनाबद्ध प्रयास भइरहेको दाबी मधेसमा उत्पन्न साम्प्रदायिक तनावको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सांसद खालिदको माग भ्रष्टाचारका आरोप प्रमाणित गरेर देखाउन एमाले महासचिव पोखरेलको सरकारलाई चुनौती देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले शव बुझ्न मानेनन् रास्वपा पपुलिजम, अवसरवाद र अराजकताको जगमा उदाएको हो : शंकर पोखरेल मुलुकमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भाव बिग्रिँदै गएकोप्रति नेकपा सांसद अर्यालको चिन्ता सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप प्रधानमन्त्रीलाई काँग्रेस सांसदको सुझाव– ‘शपथ समारोहको शंख ध्वनीले अल्पसंख्यक र बहुसंख्यक समुदायमा परेको मानसिक असर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

साम्प्रदायिक दंगा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग महतोको माग



अ+ अ-

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले मुलुकमा बढ्दै गएको साम्प्रदायिक दंगा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग माग गर्नुभएको छ ।

शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीसँग भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष महतोले मधेसलगायतका क्षेत्रमा फैलिएको अशान्ति रोक्न राज्यले समयमै ठोस कदम चाल्नुपर्ने बताउनुभयो ।

भेटका क्रममा महतोले सुनसरी, सिराहालगायत जिल्लामा पछिल्लो समय भएका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँले शान्ति सुरक्षा कायम गर्ने क्रममा सुरक्षा निकायबाट कम्मरभन्दा माथि गोली प्रहार भएको भन्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभयो ।

महतोले सरकार र आन्दोलनरत पक्षबीच विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले विगतका सहमतिहरू जस्तै वर्तमान सरकारसँग भएका सम्झौता पनि ‘रद्दीको टोकरी’मा नफाल्न आग्रह गर्नुभयो ।

वि.सं. २०६४ सालको आठबुँदे सम्झौतालगायत विगतका सहमति कार्यान्वयन नभएको स्मरण गराउँदै महतोले वर्तमान सरकारले पनि विश्वासघात नगर्न चेतावनी दिनुभयो ।

‘मान्छे मान्छेबाट डराउनुपर्ने अवस्था देश र समाजको हितमा छैन । सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीले थप तदारुकताका साथ पहल गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘मधेसकै जनमतका कारण वर्तमान सरकार दुई तिहाइको अवस्थामा पुगेको हो । त्यसैले जनताको भावना र संघीयतालाई अधिकारसम्पन्न बनाउने विषयमा सरकार गम्भीर हुनुपर्छ ।’

महतोले प्रधानमन्त्रीले जनकपुरमा सार्वजनिक रूपमा व्यक्त गर्नुभएको ‘बलियो संघीयता’ निर्माण गर्ने प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न पनि आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले संघीयताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको र संघीयतालाई कमजोर पार्ने कुनै सोच नरहेको स्पष्ट पार्नुभएको महतोले जानकारी दिनुभयो ।

त्यस्तै, प्रधानमन्त्रीले सुनसरी घटनाबारे छानबिन समिति गठन भइसकेको र समितिको प्रतिवेदन आएपछि दोषीमाथि कारबाही गर्ने आश्वासन दिनुभएको महतोले बताउनुभयो । प्रधानमन्त्रीले साम्प्रदायिक दंगा फैलाएर अनुचित लाभ लिन खोज्ने तत्वहरूबाट सतर्क रहन तथा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै अघि बढ्न पनि आग्रह गर्नुभएको उहाँले जानकारी दिनुभयो ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै